विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा पुरस्कार घोषणा
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत १९ गते । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा विशिष्ट योगदान दिएका संस्था र व्यक्तिलाई वार्षिक रुपमा विद्यापति पुरस्कार कोषले प्रदान गर्दै आएको पाँच विधाको पुरस्कार दिने घोषणा गरेको छ ।
यस पटक २०८० तथा २०८१ को पुरस्कार विभिन्न व्यक्तित्व एवं संस्थालाई प्रदान गर्ने घोषणा गरेको कोषका अध्यक्ष रामबाबु चौधरी र सदस्य सचिव ध्रुव कुमार मण्डल अमातले आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।
कोषले वर्षेनी रुपमा प्रदान गर्दै आएको २ लाख धन राशिको नेपाल विद्यापति भाषा साहित्य पुरस्कार २०८० वाट मैथिली विकास कोष जनकपुरधाम र २०८१ को पुरस्कार प्राध्यापक भोलानाथ झालाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको रकम सहित सम्मानपत्र रहेको छ ।
यसै गरि १ लाख धन राशिको नेपाल विद्यापति भाषा संस्कृति पुरस्कार २०८० वाट राम कुमार मण्डल र २०८१ वाट दिपा मिथिला आर्ट ग्यालरीलाई प्रदान गरिने भएको छ । कोषले प्रदान गर्दै आएको १ लाखको नेपाल विद्यापति अनुसन्धान पुरस्कार २०८० वाट विनोद कुमार यादव र २०८१ वाट माला कुमारी कर्णलाई प्रदान गर्ने भएको छ ।
यसै गरि १ लाखकै नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार २०८० वाट साहित्यकार उपप्राध्यापक श्याम सुन्दर शशी र २०८१ वाट शतकवि काशीकान्त झालाई प्रदान गर्ने भएको छ । कोषले १ लाख धन राशिकै नेपाल विद्यापति अनुवाद पुरस्कार २०८० वाट विद्याधर झा र २०८१ वाट पत्रकार एवं साहित्यकार श्यामसुन्दर यादवलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
सबै जनालाई नेपाल विद्यापति पुरस्कार चयन समिति तथा कोषका सञ्चालक परिषद्को विभिन्न मितिमा गरेको निर्णय अनुसार चयन गरेर पुरस्कृत गरिने भएको विद्यापति पुरस्कार कोषले जनाएको छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
9 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
9 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले