Janakpurdham
Mon, Jul 14, 2025
`

प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

नकपुरधाम ,चैत १९ गते । मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले तीनवटा विधेयक आज प्रमाणीकरण गर्नु भएको छ । 

प्रदेश प्रमुख भण्डारीले मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालअधिकार सम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जानकारी दिनु भएको हो । 

मधेश प्रदेश सभाबाट तीन वटै विधेयक केही समय अगाडी पारित भएका थिए । प्रदेश सभाबाट पास भएका विधेयकहरू प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने संवैधानिक व्यवस्था रहेको छ ।   


साभार : रेडियो नेपाल

`
12 comments
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

22 घन्टा पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

22 घन्टा पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

2 दिन पहिले

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..

2 दिन पहिले

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

4 दिन पहिले