Janakpurdham
Tue, Oct 28, 2025
`

मिथिलाञ्चलसहित तराई मधेशमा चैते छठ आजदेखि शुरु

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २० गते । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा गृष्मकालीन चैते छठ शुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन देखि चार दिनसम्म विभिन्न नियम निष्ठापूर्वक मनाइने चैते छठ मनाउनेको सङ्ख्या वार्षिक रुपमा वृद्धि हुन थालेको छ ।

वर्षको दुई पटक छठ मनाउने चलन रहेको छ । चैते छठ शुरुको समयमा थोरै व्यक्तिले मनाए पनि पछिल्लो केही वर्ष यता चैते छठ मनाउनेको सङ्ख्यामा निक्कै वृद्धि हुन थालेको छ । चैते छठ अन्तर्गत आज ब्रतिले खरना विधि गरिरहेका छन् ।

यस पटक चैत्र शुक्लपक्ष चतुर्थी र पञ्चमी तिथि आजै परेकाले साँझ खरना विधि रहेको छ । आज दिन भरि निराहार बसेर ब्रतिले साँझ स्नान गरेर आफैले बनाएको सख्खरको खीर, पुरी वा खीर तथा रोटी, केला, मिष्ठान्न सहितका प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गरेर प्रसादको रुपमा वितरण गरि नुन रहित खाने चलन रहेको छ जसलाई स्थानीय भाषामा खरना विधि भनिन्छ ।

भोली षष्ठी तिथिका दिन अस्ताउँदो तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई गरेर दुई पटक अर्घ दिएपछि पर्वको समापन गर्ने चलन रहेको छ । सोही दिन ब्रतिले करिब ४२ घण्टाको निर्जला उपवास पछि परना अर्थात् खाना खाने चलन रहेको छ ।

कार्तिक महिनाको शरद ऋतुमा मनाइएको छठ जस्तै चैत्र महिनाको छठमा प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ । छठमा ठेकुवा, भुसवा, खजुर, केला, उखु, नरिवल, अदुवा, बेसार, मिष्ठान्न तथा फलफूलहरू प्रसादको रुपमा छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ ।

यसमा माटोको ढक्कन, कुरुवा, कोसियार, सर्वा तथा बाँसले बनेको डगरा, टपरी, डगरी सहितका सामाग्रीहरूमा प्रसाद राखेर भगवान् सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

9 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

9 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले