मिथिलाञ्चलसहित तराई मधेशमा चैते छठ आजदेखि शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,चैत २० गते । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा गृष्मकालीन चैते छठ शुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन देखि चार दिनसम्म विभिन्न नियम निष्ठापूर्वक मनाइने चैते छठ मनाउनेको सङ्ख्या वार्षिक रुपमा वृद्धि हुन थालेको छ ।
वर्षको दुई पटक छठ मनाउने चलन रहेको छ । चैते छठ शुरुको समयमा थोरै व्यक्तिले मनाए पनि पछिल्लो केही वर्ष यता चैते छठ मनाउनेको सङ्ख्यामा निक्कै वृद्धि हुन थालेको छ । चैते छठ अन्तर्गत आज ब्रतिले खरना विधि गरिरहेका छन् ।
यस पटक चैत्र शुक्लपक्ष चतुर्थी र पञ्चमी तिथि आजै परेकाले साँझ खरना विधि रहेको छ । आज दिन भरि निराहार बसेर ब्रतिले साँझ स्नान गरेर आफैले बनाएको सख्खरको खीर, पुरी वा खीर तथा रोटी, केला, मिष्ठान्न सहितका प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गरेर प्रसादको रुपमा वितरण गरि नुन रहित खाने चलन रहेको छ जसलाई स्थानीय भाषामा खरना विधि भनिन्छ ।
भोली षष्ठी तिथिका दिन अस्ताउँदो तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई गरेर दुई पटक अर्घ दिएपछि पर्वको समापन गर्ने चलन रहेको छ । सोही दिन ब्रतिले करिब ४२ घण्टाको निर्जला उपवास पछि परना अर्थात् खाना खाने चलन रहेको छ ।
कार्तिक महिनाको शरद ऋतुमा मनाइएको छठ जस्तै चैत्र महिनाको छठमा प्रसाद सामाग्रीहरू छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ । छठमा ठेकुवा, भुसवा, खजुर, केला, उखु, नरिवल, अदुवा, बेसार, मिष्ठान्न तथा फलफूलहरू प्रसादको रुपमा छठी मैयालाई अर्पण गर्ने चलन रहेको छ ।
यसमा माटोको ढक्कन, कुरुवा, कोसियार, सर्वा तथा बाँसले बनेको डगरा, टपरी, डगरी सहितका सामाग्रीहरूमा प्रसाद राखेर भगवान् सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।
साभार : रेडियो नेपाल
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
3 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
3 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले