Janakpurdham
Tue, Oct 28, 2025
`

जनकपुरमा चैती छठको रौनक, ब्रतालुले चढाए अस्ताउँदो सूर्यलाई अर्घ्य

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २१ गते । श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको मनाइँदै आएको चैती छठको जनकपुरधाममा रौनक छाएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीमा ब्रतालुहरु श्रद्धापूर्वक छठ मनाइदैछ ।

चैती छठको मुख्यदिन आज ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका छन् । कार्तिकमा मनाइने छठ जस्तै विधि चैती छठमा पनि गरिन्छ । आजको रात घाटमै विताएर भोली विहान उदाउँदो सूर्यको अघ्र्य चढाएर छठ विधिवत समापन गरिनेछ ।

छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलशलगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतिकको रूपमा लिइन्छ ।

छठ पर्व गर्दा घरमा सुख शान्ति हुने तथा चर्मरोग निको हुने धार्मिक विश्वास छ । कार्तिकमा लगभग मधेसका सतप्रतिशतले छठ मनाउँछन् । त्यसको तुलनामा चैती छठ थोरेले मनाउँछन् । यद्पी पछिल्लो समय चैती छठ मनाउनेको संख्या पनि बढेको देखिन्छ ।


साभार : नेपाल प्रेस

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

9 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

9 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले