मुख्यमन्त्रीद्वारा खोला क्षेत्रको अनुगमन, टिपर र लोडर नियन्त्रणमा
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत्र २२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषाको जलाद खोला वन क्षेत्रको नदिमा स्थलगत अनुगमन गर्दा नियम विपरीत अवैध रुपमा बालुवा ढुङ्गा उत्खनन् गरेको पाइएपछि मुख्यमन्त्रीको आदेशमा प्रहरीले केही टिपर र लोडर नियन्त्रण लिएको छ ।
धनुषाको मिथिला नगरपालिकामा रहेको सो खोलाबाट नगरपालिकाले वातावरणीय प्रभावको मूल्याङ्कन गरेर उत्खनन्का लागि स्वीकृति दिएको सूचनाको आधारमा मुख्यमन्त्री सिंह आफैले अनुगमनका लागि पुगेपछि ६ वटा टिपर र २ वटा लोडर नियन्त्रणमा लिन आदेश दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
वन क्षेत्रमा प्रदेश वन मन्त्रालयको वातावरणीय प्रभावको मूल्याङ्कन गरेपछि सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयबाट उत्खनन्का लागि स्वीकृति दिने कानूनी प्रावधान विपरीत नगरपालिकाले उत्खनन्का लागि आदेश दिएको भन्दै अनुगमनका लागि मुख्यमन्त्री पुग्नु भएको थियो ।
अनुगमनको क्रममा वन ऐनको उल्लङ्घन पाइएकाले मुख्यमन्त्रीको आदेशमा पक्राउ परेका सबै टिपर र लोडर ईलाका प्रहरी कार्यालय ढल्केवरमा राख्ने काम भएको छ ।
ठेकेदारलाई आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले जानकारी दिनु भएको छ ।
साभार : रेडियो नेपाल
कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..
काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..
21 घन्टा पहिले
मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट
धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..
21 घन्टा पहिले
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
2 दिन पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
3 दिन पहिले