रामनवमीको अवसरमा मलंगवामा भव्य शोभा यात्रा निकालियो
7 महीना पहिले प्रकाशित
Esandhyakalin
सर्लाही,चैत २४ गते । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा आज सर्लाही सदरमुकाम मलंगवामा भव्य शोभा यात्रा निकालिएको छ ।
नगरपालिका चौकमा रहेको ऐतिहासिक राम मन्दिर बाट सुरु गरिएको शोभा यात्राले नगर परिक्रमा गरेको थियो ।
समाजसेवी संजय यादवको अध्यक्षतामा सुरु गरिएको डोला शोभा यात्रामा पूर्व मन्त्री राजेन्द्र महतो, प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र सिंह, जसपाका जिल्ला सचिव सोहन झा, वडा नं. ९ का वडा अध्यक्ष चन्देश्वर राय, वडा नं. ८ का वडा अध्यक्ष मुकेश जयसवाल, वडा नं. ३ का वडा अध्यक्ष प्रमोद राय, वडा नं. १० का वडा अध्यक्ष मुकेश झा, मन्दिरका पुजारीहरू, धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यात्रामा भजन–कीर्तन, धार्मिक झाँकी तथा श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिताले वातावरण भक्तिमय बनाएको थियो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
5 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
6 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले