Janakpurdham
Wed, Oct 14, 2026
`

‘सिँचाइको सुविधा प्रदान गरी कृषि उत्पादन बढाउन जरुरी’

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २५ गते । मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ‘समृद्धि नेपालको आधार, सम्पूर्ण कृषियोग्य जमिनमा सिँचाइको बिस्तार’ भन्ने मूल नारासहित आज सिँचाई दिवस २०८१ मनाएको छ ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नंं ३ को गजरीया–विगही सिँचाइ योजनाको कमाण्ड क्षेत्रमा सिँचाई तथा खानेपानीको विषयमा जनचेतना फैलाउनका लागि दिवस मनाइएको मधेस प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका सह–महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले नेपालको समृद्धिको आधार कृषि भएको र यसका लागि सिँचाई महत्वपूर्ण माध्यम भएको भन्नुहुँदै सिँचाई तथा पानीको महत्व बारेमा जनतालाई जागरूक बनाउनका लागि सिँचाई दिवस निक्कै महत्वपूर्ण भएको बताउनुभयो ।

जनताको जीवनसँग सरोकार भएको विषयमा दिवस मनाएर जनतालाई सचेत बनाउने काम भएको भन्नुहुँदै उहाँले मधेश प्रदेशका पर्ती तथा बाँझो जग्गामा सिँचाइको सुविधा प्रदान गरी कृषि उत्पादन बढाउन सकिने बताउनुभयो । 

oplus_2

पूर्व मन्त्री यादवले विश्वमा अत्यधिक माग रहेको बासमती तथा करिया कुमोद जातको धान उत्पादनमा विशेष ध्यान दिन धनुषाका किसानहरूलाई आग्रह  गर्नुभयो । 

उहाँले गणतन्त्र आएपछि नेपालमा बिजुली, सडक, सिँचाई तथा अन्य क्षेत्रमा निक्कै ठूलो प्रगति भएको बताउनुभयो । 

मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जनताको खेत खेतमा सिँचाई सुविधा प्रदान गर्न भूमिगत सिँचाइसहित नदी प्रणालीको सिँचाइको पूर्वाधार निर्माणको काममा प्रदेश सरकार लागिपरेको बताउनुभयो । 

उहाँले मन्त्रालयले किसानको मागको आधारमा भूमिगत सिँचाइका लागि खेत खेतमा बिजुली तथा स्यालो ट्युबवेल जडानका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको बताउनुभयो । 

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले नेपालको आर्थिक विकास तथा समृद्धिका लागि सिँचाइको पूर्वाधार निर्माण आवश्यक भएको भन्नुहुँदै सिँचाइको अभावमा किसानले चाहे जतिको कृषि उत्पादन गर्न नसकेको बताउनुभयो । 

गजरीया–विगही सिँचाई योजना उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गजरीया विगही सिँचाई योजनाको नहरको सरसफाई यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा कूल कृषि योग्य भूमि मध्ये २८.६८ प्रतिशत भूमिमा सिँचाई सुविधा पुगेको छ । जसमा साना तथा ठूला सिँचाई योजनाको योगदान रहेको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 घन्टा पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 घन्टा पहिले

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..

1 दिन पहिले

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..

काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..

1 दिन पहिले

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

2 दिन पहिले