Janakpurdham
Tue, Oct 28, 2025
`

‘सिँचाइको सुविधा प्रदान गरी कृषि उत्पादन बढाउन जरुरी’

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत २५ गते । मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयले ‘समृद्धि नेपालको आधार, सम्पूर्ण कृषियोग्य जमिनमा सिँचाइको बिस्तार’ भन्ने मूल नारासहित आज सिँचाई दिवस २०८१ मनाएको छ ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नंं ३ को गजरीया–विगही सिँचाइ योजनाको कमाण्ड क्षेत्रमा सिँचाई तथा खानेपानीको विषयमा जनचेतना फैलाउनका लागि दिवस मनाइएको मधेस प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका सह–महामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादवले नेपालको समृद्धिको आधार कृषि भएको र यसका लागि सिँचाई महत्वपूर्ण माध्यम भएको भन्नुहुँदै सिँचाई तथा पानीको महत्व बारेमा जनतालाई जागरूक बनाउनका लागि सिँचाई दिवस निक्कै महत्वपूर्ण भएको बताउनुभयो ।

जनताको जीवनसँग सरोकार भएको विषयमा दिवस मनाएर जनतालाई सचेत बनाउने काम भएको भन्नुहुँदै उहाँले मधेश प्रदेशका पर्ती तथा बाँझो जग्गामा सिँचाइको सुविधा प्रदान गरी कृषि उत्पादन बढाउन सकिने बताउनुभयो । 

oplus_2

पूर्व मन्त्री यादवले विश्वमा अत्यधिक माग रहेको बासमती तथा करिया कुमोद जातको धान उत्पादनमा विशेष ध्यान दिन धनुषाका किसानहरूलाई आग्रह  गर्नुभयो । 

उहाँले गणतन्त्र आएपछि नेपालमा बिजुली, सडक, सिँचाई तथा अन्य क्षेत्रमा निक्कै ठूलो प्रगति भएको बताउनुभयो । 

मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जनताको खेत खेतमा सिँचाई सुविधा प्रदान गर्न भूमिगत सिँचाइसहित नदी प्रणालीको सिँचाइको पूर्वाधार निर्माणको काममा प्रदेश सरकार लागिपरेको बताउनुभयो । 

उहाँले मन्त्रालयले किसानको मागको आधारमा भूमिगत सिँचाइका लागि खेत खेतमा बिजुली तथा स्यालो ट्युबवेल जडानका लागि विभिन्न योजनाहरू सञ्चालन गरेको बताउनुभयो । 

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले नेपालको आर्थिक विकास तथा समृद्धिका लागि सिँचाइको पूर्वाधार निर्माण आवश्यक भएको भन्नुहुँदै सिँचाइको अभावमा किसानले चाहे जतिको कृषि उत्पादन गर्न नसकेको बताउनुभयो । 

गजरीया–विगही सिँचाई योजना उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा गजरीया विगही सिँचाई योजनाको नहरको सरसफाई यसै आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा कूल कृषि योग्य भूमि मध्ये २८.६८ प्रतिशत भूमिमा सिँचाई सुविधा पुगेको छ । जसमा साना तथा ठूला सिँचाई योजनाको योगदान रहेको छ । 


साभार : रेडियो नेपाल

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

5 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

5 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले