प्रहरी तथा निजामती ऐन चाँडो ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण
7 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,चैत २६ गते । प्रधानमन्त्रीले केपी शर्मा ओलीसँग विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूले भेटघाट गरेर मधेश प्रदेशले उठाउँदै आएका माग शीघ्र सम्बोधन गर्नु माग गर्नुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, सभामुख रामचन्द्र मण्डल सहितका अन्य दलका नेताहरूले प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार भएकाले प्रहरी तथा निजामती ऐन चाँडो ल्याइदिन आग्रह गर्नुभयो ।
यसका साथै मधेशको वन तथा वातावरणमा थप प्रभाव पार्ने गरी ल्याइएको भूमिसम्बन्धी अध्यादेशमा रहेका त्रुटिबारे पनि उहाँहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
मधेश प्रदेश सरकारलाई दिइँदै आएको बजेट न्युन भएको विषयमा पनि ध्यानाकर्षण गराइएको मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले जानकारी दिनुभयो ।
आफूहरूले प्रधानमन्त्रीलाई जानकारी दिएको विषयमा उहाँ पूर्ण जानकार भए पनि माग सम्बोधनमा ढिलाइ भएकाले सङ्घीयताको कार्यान्वयनमा पनि समस्या भइरहेको नेताहरूले बताउनुभयो ।
साभार : रेडियो नेपाल
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
5 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
5 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
1 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
1 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले