न्यायपालिकामा रहेका विकृति र बेथिति हटाउन लागि पर्नेछु : बार अध्यक्ष मिश्र
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत २८ : नेपाल बार एशोसियशनको नवनिर्बाचित अध्यक्ष विजय प्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र व्यथिति हटाउनका लागि लागिपर्ने बताएका छन्।
भारी मतसहित बार निर्वाचन जितेका मिश्रले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्न नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने भनाई पनि राखे।
नेपाल बार एसोसिएसनका लागि भएको निर्वाचनको मतपरिणाम अनुसार मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दै भारी मतान्तरले जित हासिल गरेका थिए।
मिश्रका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष मिश्रले भने, ‘चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँछु। नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ। बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ।’ मिश्रले संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार योजना रहेको पनि बताए।
मिश्रले अगाडि भने, ‘न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौं। न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ। स्वतन्त्र न्यायपालिकालाई वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने छौं।’ साथै, मिश्रले संविधान संशोधनमा रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
‘लयर्स एकेडेमी’ को स्थापना गरेर कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि पर्याप्त अवसरको व्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले जनाएका छन्।
बारका सातवटा उपाध्यक्षमा मिश्र प्यानलकै उम्मेदवार विजयी भएका छन्। कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्षमा निर्वाचित भए। महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भए।
कोषाध्यक्षमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भएका छन्। सबै पदमा कांग्रेस एमाले निकट कानुनव्यवसायी गठबन्धनले जित निकालेको छ।
साभार : काठमाडौं प्रेस
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
1 घन्टा पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
1 घन्टा पहिले
उपत्यका छाड्ने यात्रुको चाप उच्च
काठमाडौँ, असोज २७ : बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मना..
1 दिन पहिले
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरà¤..
काठमाडौं, असोज २७ : बडादशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गा भवानीको तेस्रो स्वरूप चन्द्रघण्टा देवीको व..
1 दिन पहिले
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
2 दिन पहिले