Janakpurdham
Tue, Oct 28, 2025
`

वैदेशिक रोजगारीलाई सुरक्षित तथा प्रतिफलमुखी बनाउनुपर्नेमा जोड

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत २८ गते । वैदेशिक रोजगारीलाई भरपर्दो, विश्वसनीय एवं परिणाममुखी बनाउनेतर्फ सम्बद्ध सबै पक्षहरू गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना तथा प्राविधिक अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा आज जनकपुरधाममा सम्पन्न मधेश प्रदेशस्तरीय छलफल तथा परामर्श कार्यक्रमका सहभागीहरूले मधेश प्रदेशबाट अहिले धेरै सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा गए पनि प्रतिफल अन्य प्रदेशको तुलनामा कम रहेकाले सीप दिएर कामदारलाई पठाउने र जाने अवस्थाको निर्माणतर्फ सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको औँल्याउनुभयो ।  

अहिले १ लाख २० हजार विद्यार्थीहरू अध्ययनका लागि विदेश गएको छ भने विदेशमा भएका आफन्तलाई भेट्नका लागि जानेको सङ्ख्या १ लाख ६७ हजार रहेको श्रम मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीका १६ लाख श्रमिकहरू विभिन्न मुलुकमा हवाई मार्गबाट गएको तथ्याङ्क रहेको मन्त्रालयका शाखा अधिकृत पुष्पा झाले जानकारी दिनुभयो । विदेश जाने मध्ये १२ लाख ५० हजार स्वदेश फर्किए पनि बाँकी नफर्किनु चिन्ताको विषय रहेको छ ।  

वैदेशिक रोजगारीबाट वर्षेनी रुपमा १८ देखि २० खर्ब रेमिट्यान्स भित्रिने गरेको छ । कूल जिडिपीमा वैदेशिक रोजगारीको योगदान २६.३ प्रतिशत रहेको छ । 

वैदेशिक रोजगारीमा जाने मध्ये मधेश प्रदेशको हिस्सा २३.६ प्रतिशत रहेको छ । मधेश प्रदेशबाट १ लाख ८० हजार ८ सय ७६ जनाले रोजगार अनुमति लिएर रोजगारीमा गएको तथ्याङ्क छ । 

यसैगकरी महिला श्रमिकहरू पनि १८ हजार ८ सय ६१ जनाले श्रम स्वीकृति लिएका छन् । मधेश प्रदेशका १० जिल्लाका नागरिकहरू धेरै सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका छन् ।

मधेश प्रदेशका ५ जिल्लाबाट धेरै सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका छन् । जसमध्ये सबैभन्दा बढी धनुषा जिल्लाबाट र सबैभन्दा कम पर्सा जिल्लाबाट वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सङ्ख्यात्मक रुपमा मधेश प्रदेशबाट ठूलो सङ्ख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा गएको पाइए पनि रेमिट्यान्सको प्रतिशत भने कम रहेको छ । 

मधेश प्रदेशले कूल रेमिट्यान्स मध्ये १३.३ प्रतिशतले योगदान गरेको छ । मधेश प्रदेशबाट जाने श्रमिकले वर्षका २ लाख १० हजार २ सय ७५ रुपैयाँ सरदर रुपमा पठाउने गरेका छन् भने कोशी र गण्डकी प्रदेशका श्रमिकले ४ लाखभन्दा बढी रेमिट्यान्स भित्र्याउने गरेका छन् ।  

कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीको नाममा ठगी तथा प्रलोभनमा परेर कम पढेलेखेको व्यक्ति मात्र नभई पढे लेखेका र सबै विषयका जानकार व्यक्तिहरू पनि पर्ने गरेका छन् । 

वैदेशिक रोजगारीलाई प्रतिफल एवं परिणाममुखी बनाउनका लागि थप सतर्कता अपनाउनेतर्फ सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।  


साभार : रेडियो नेपाल

`
12 comments
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

5 घन्टा पहिले

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..

5 घन्टा पहिले

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

1 दिन पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

1 दिन पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

3 दिन पहिले