प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक सम्पन्न, प्रतिनिधि सभा निर्वाचन तयारीमा छलफल
4 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, फागुन २० : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ। बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचन तयारी, र संभावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थाहरूको समिक्षा गर्न आयोजित गरिएको थियो। यस अवसरमा निर्वाचन स्थलगत सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, र आवश्यक सरकारी समन्वयबारे छलफल भएको थियो।
बैठकमा सहभागी रहेका उच्च अधिकारीहरूमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल, र मुख्य सचिव सुमनराज अर्याल रहेका थिए।
बैठकका क्रममा मन्त्री तथा वरिष्ठ सुरक्षाकर्मीहरूले निर्वाचनको दौरानमा शान्ति, सुव्यवस्था, र आम जनताको सुरक्षामा ध्यान दिनुपर्ने विषयमा जोड दिएका थिए। साथै, सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ गर्न आवश्यक कदमहरू उठाउने निर्णय पनि भएको जानकारी सचिवालयले दिएको छ।
प्रधानमन्त्री कार्कीले बैठकमा देशको सुरक्षा संवेदनशील विषयहरूलाई प्राथमिकतामा राख्दै निर्वाचन प्रक्रियालाई सहज, निष्पक्ष र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यसअघि पनि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठकमा देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरता सुनिश्चित गर्ने विषयमा ध्यान दिँदै आएकी थिइन्।
साभार : काठमाडौं प्रेस
लगातार दोस्रो जितसँगै अमेरिका नकआउट, दोस्रो हारपछि टर्क..
काठमाडाैं, असार ६ : आयोजक अमेरिका फिफा विश्वकपको नकआउटमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा अस्ट्रेलियाल..
2 घन्टा पहिले
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पार..
काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा..
3 घन्टा पहिले
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
काठमाडौं, असार ४ : गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको ब..
2 दिन पहिले
कुर्थामा ६ दिने स्वास्थ्य तथा सरसफाई तालिम सम्पन्न
जनकपुरधाम, असार ४ गते । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थामा महिलालाइ स्वास्थ्य तथा सरसफाई सम्बन्धी ६ द..
2 दिन पहिले
ई–पासपोर्ट ठेक्का प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं, असार ३ : विद्युतीय राहदानीको ठेक्का प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्..
2 दिन पहिले