डेढ सय मिटर अपलिफ्ट भएर खस्यो \'गरुडा\'
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ ।
लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । 'लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,' तामाङले भने, 'मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो ।
इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । १० मिटर उचाइको गरुडामा 'पोटासियम नाइट्रेट र सुगर' इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।
अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । 'हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,' उनले भने,' अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं । '
प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
धनुषा, साउन २७ : धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन्। बुधबार जनकपुरधामस्थित ज..
11 घन्टा पहिले
ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई
काठमाडौं, साउन २७ : राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्याना..
11 घन्टा पहिले
महाधिवेशन प्रक्रिया यथास्थितिमा राख्न संस्थापनइतरले ब..
काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी महाधिवेशन लगायत पार्टीका सम्पूर्ण निर्णयहरू यथ..
2 दिन पहिले
जनकपुरधाममा लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप सेवा स..
जनकपुरधाम, श्रावण २६ गते । जनकपुरधाम उपमहानगरपालिकाले गाई–बाच्छामा देखिने लम्पी स्किन रोग (LSD) को रोकथाम तथा न..
2 दिन पहिले
हटाउनुपर्ने कालो चस्मा होइन, मनमा बसेको कालो सोच हो : सांस..
काठमाडौं, साउन २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्..
2 दिन पहिले