इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,कार्तिक १० गते । कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन् ।कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । हालै अदालतले उनीहरुको मुद्दामा अन्तिम फैसला गर्दै मृत्युदण्ड सुनाएको हो । फैसलाको विस्तृत पाठ आइसकेको छैन ।आठै जना भारतीय कतारको कन्सल्ट्रि कम्पनी अल दहरामा कार्यरत थिए, जसले कतारी सरकारलाई पनडुब्बी जहाजहरुको अधिग्रहण सम्वन्धमा परामर्श दिने गर्छ । उनीहरु भारतीय नौसेनामा रहँदा थुप्रै युद्धको कमाण्ड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत १ अक्टोबरमा कतारस्थित भारतीय राजदूतले हिरासतमा ती भारतीयहरुलाई भेटेका थिए ।
कतार सरकारले यस मुद्दाबारे सार्वजनिक जानकारी दिएको छैन । इजरायल प्यालेस्टिाइन युद्ध जारी रहँदा यो फैसलालाई निकै महत्वका साथ हेरिएको छ । कतार प्यालेस्टाइनको विद्रोही समूह हमाससँग नजिक रहेको मानिन्छ । सरकारले हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरुलाई रिहाइका लागि मध्यस्थता गर्दै आएको छ । यसैगरी गाजा क्षेत्रमा आत्यावश्यक वस्तुहरुको आपूर्ति सुचारु गराउन पनि कतारले पहल गरिरहेको छ ।यसैबीच, भारत सरकारले भारतीयहरुलाई मृत्युदण्डको फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ । यस मुद्दाको पूर्णपाठ आएपछि सरकारले थप कद चाल्ने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘हामी उनीहरुको परिवारका सदस्यहरु र कानूनी टिमसँग सम्पर्कमा छौं र सबै कानूनी विकल्पहरुको खोजी गरिरहेका छौं । हामीले यो मुद्दालाई महत्वका साथ नजिकबाट निकालिरहेका थियौं । हामी सबै कानूनी सहायताहरु निरन्तर प्रदान गर्नेछौं । यो विषयमा कतारी अधिकारीहरुसँग पछि छलफल गरिनेछ ।’साभार : नेपाल प्रेस
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
8 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
8 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
1 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
1 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले