बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।
भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा सहयोग गर्नेछ।’
श्रीवास्तवले पनि एक्समा लेखेका छन्, ‘काठमाडौं आएको चौथो राहत उडानसँगै आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेँ। उनीहरूले नेपाली समकक्षीसँग मिलेर रसुवामा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा सहयोग गर्नेछन्। नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर बलियो सहयोग गर्नेछ।’
भारतले यसअघि पनि नेपाललाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ। नेपालले भने बाढीपहिरोमा भेटिएका ६०० भन्दा बढी शवको पहिचान गर्न फरेन्सिक प्रयोगशाला तथा तीव्र डीएनए परीक्षणका लागि थप सहयोग मागेको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार भने, ‘हामी फरेन्सिक प्रयोगशालाका लागि थप सहयोग खोजिरहेका छौँ। हामीले ६०० भन्दा बढी शव फेला पारेका छौँ, जसमध्ये धेरैको पहिचान गर्न निकै कठिन अवस्था छ। हामीले तीव्र रूपमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले त्यस्तो सहयोग खोजिरहेका छौँ र यसका लागि सक्रिय रूपमा समन्वय गरिरहेका छौँ।’
यसअघि भारतले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री तथा विशेष प्राविधिक क्षमता बोकेको चौथो उडान काठमाडौं पठाएको थियो।
भारतका विदेशमन्त्री एस। जयशंकरले एक्समा लेखेका छन्, ‘चौथो भारतीय उडान काठमाडौंमा अवतरण गरेको छ। यसले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री र प्राविधिक क्षमता ल्याएको छ।’
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसार आइतबार बिहानसम्म नेपालमा भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४१९ जना बेपत्ता वा सम्पर्कविहीन छन्।
साभार: काठमाडौं प्रेस
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
2 घन्टा पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
2 घन्टा पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 दिन पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 दिन पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
-
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि हाम्रो कर्तव्य हो : गगन थापा
-
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी