भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।
विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ ।
यसैगरी बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन् । उद्धार गरिएका घाइतेहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको संख्या १४० पुगेको छ ।
प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हालसम्म ४ हजार ८५४ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा परिचालित छन् । सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।
साभार: काठमाडौं प्रेस
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
1 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
1 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
1 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
1 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
4 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ