Janakpurdham
Sun, Apr 19, 2026
`

युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको छः प्रधानमन्त्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौ,,कार्तिक २३ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०मार्फत युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन्।नास्टको ४६औँ प्राज्ञसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री दाहालले नेपाली युवाहरूको अनुसन्धान क्षमता विकासका लागि अनुकूल वातावरण  निर्माणका लागि चालु आर्थिक वर्षदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका हुन्।“आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको हो । देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति रहँदैन”, नास्टका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले भने, “विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तासँग सहयोग र सहकार्यमार्फत विज्ञान र प्रविधिको विस्तारलाई प्रवद्र्र्धन गर्दै जे–जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा धन्यवाद व्यक्त गर्दछु ।”उनले आफू पनि विज्ञानको विद्यार्थी भएको नाताले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानबारे अनभिज्ञ नरहेको उल्लेख गरे। नवप्रवर्तनलाई प्राथमिकता दिई स्वदेशी प्रविधिको विकासमा धेरै काम गर्न नसके पनि अभिलेखीकरण गर्न र त्यसैका लागि केन्द्रित प्रयोगशाला स्थापनाका लागि गरेका प्रयास अनुकरणीय रहेको उनको भनाइ थियो ।साभार : डिसी नेपाल

`
12 comments
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

7 घन्टा पहिले

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..

7 घन्टा पहिले

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

1 दिन पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

1 दिन पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

2 दिन पहिले