अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान्यता
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत् रुपमा मनाउने आधिकारिक निर्णय भएसँगै त्याहा बस्ने नेपालीहरू खुशी भएका छन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यका ठूला शहरहरू स्यानफ्रान्सिस्को सीटी, रिचमण्ड सीटी, सान्टा–क्लारा सीटी र हर्कुलेस सिटीहरूले छुट्टाछुट्टै रूपमा आ–आफ्नो नगर परिषदबाट प्रवासी नेपाली समुदायप्रति सम्मान प्रकट गर्दै नेपाली नयाँ वर्षलाई औपचारिक रूपमा प्रत्येक बर्ष मनाउने गरि मान्यता दिएको हो ।
सान फ्रान्सिस्कोका मेयर Daniel lurie ले जारी गरेको एक औपचारिक घोषणा (Procalamatio) मार्फत अप्रिल १४, २०२६ लाई “नेपाली नयाँ वर्ष” का रूपमा घोषणा गर्नु भएपछि नेपाली नयाँ वर्षले औपचारिक एवं आधिकारिक मान्यता पाएको छ ।
जारी घोषणा–पत्रमा नेपाली नयाँ वर्ष (बैशाख १) लाई नवीनता, कृतज्ञता र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा उल्लेख गरिएको छ । बिस्केट जात्रा, नव वर्ष उत्सवजस्ता परम्परागत गतिविधिहरूले सामुदायिक एकता, खुशी र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास गरिएको छ ।
उद्यमशीलता, पेशागत उपलब्धि, सामाजिक सहभागिता र सिर्जनात्मक योगदानमार्फत नेपाली समुदायले सहरको विविधता र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको भन्दै नेपाली नयाँ वर्षलाई आधिकारिक रुपमा मान्यता दिएको छ । त्यसैगरी, सान फ्रान्सिस्कोमा हरेक वर्ष आयोजना हुने नेपाल डे परेडले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ ।
अब यस किसिमको राम्रो कार्यको थालनी क्यालिफोर्निया राज्यमा मात्रै नभई अमेरिकाको प्रत्येक राज्यको प्रत्येक शहरमा फैलिँदै विश्वास गरिएको छ । अहिले अमेरिकाको क्यालिफोर्निया, भर्जिनिया, न्युयोर्क, मेरिल्यान्ड सहितका राज्यहरूमा विभिन्न पेशा तथा अध्ययनका लागि साँढे चार लाख नेपाली बसोबास गर्दै आएका छन् ।
साभार : रेडियो नेपाल
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
2 घन्टा पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
2 घन्टा पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
1 दिन पहिले
नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..
1 दिन पहिले
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
2 दिन पहिले