लोकतान्त्रिक आन्दोलनका योद्धा शर्माको निधन, कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्णानन्द शर्माको निधन भएको छ।शर्माको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ः३० बजे निधन भएको थियो। शर्माको कनकाई माईमा आज दाहसंस्कार गरिने बताइएको छ।लोकतान्त्रिक आन्दोलनका योद्धा शर्माको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।देउवाले त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनले दुखित तुल्याएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।बिपी कोइरालाको अनुयायी शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बसेका थिए।वि.सं. २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिएका शर्मा पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म झापाको सभापति रहेका थिए।साभार : काठमाडौं प्रेस
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
2 घन्टा पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
2 घन्टा पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
1 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
1 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
2 दिन पहिले