Janakpurdham
Mon, Aug 31, 2026
`

एनसेलको शेयर बिक्रीमा लेखा समितिको चासो, खोज्यो यी ९ सवालको जवाफ

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,मंसिर १८ गते । एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा ९ जिज्ञासाको जवाफ खोजेको छ ।आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा केही सवालको जानकारी खोजेको हो ।सार्वजनिक लेखा समितिको प्रारम्भिक जिज्ञासामा आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण शेयर) बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार बिक्री गरेको खरिद बिक्री सम्झौता तथा प्रेस विज्ञप्तिको आधिकारिकता के हो भनी जवाफ मागेको छ । त्यस्तै एनसेलको विदेशी होल्डिङ्ग कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री वा हक हस्तान्तरण गर्दा दुरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति लिएको छ/छैन, निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच शेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको छ ? भनेर पनि जवाफ मागेको छ ।एनसेलको शेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको, नेपालको कर प्रणाली छलेर भएको शेयर खरिद बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिई भएको चर्चालाई पनि नियमनकारी निकायसँग जानकारी मागिएको छ ।

 

यस्तो छ लेखा समितिका ९ जिज्ञासा

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

56 मिनट पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

58 मिनट पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

1 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

1 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

2 दिन पहिले