Janakpurdham
Sat, Sep 19, 2026
`

अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, मुम्बई पुष १ गते ।  साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको छ । यसअघि पनि फिल्मको ट्रेलर रिलिज भएको थियो भने अब अग्रिम बुकिङ पनि सुरु भएको छ, जसमा ‘सलार’ले राम्रो कलेक्सन गरिरहेको छ ।यसको अग्रिम बुकिङ डिसेम्बर १६ गते अर्थात् ‘सालार’ रिलिज हुनु एक साता अघि देखि नै सुरु भएको हो । प्रभासको फिल्मले पहिलो दिन अग्रिम बुकिङमा ३१ हजारभन्दा बढी टिकट बेचेको छ भने ६० लाखभन्दा बढी कमाएको छ ।सैकनिल्कको रिपोर्ट अनुसार ‘सालार’ ले पहिलो दिन अहिलेसम्म अग्रिम बुकिङ गरी ३१ हजार २८६ टिकट बिक्री गरेको हो ।‘सालार’ तेलुगु, मलयालम, तमिल, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज हुनेछ । हाल, अग्रिम बुकिङको आंकडा हिन्दी भाषामा आउन बाँकी छ। होमबेल फिल्म्सको ब्यानरमा निर्माण भएको ‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र मीनाक्षी चौधरी, टिनु आनन्द, ब्रह्माजी, ईश्वरी राव महत्वपूर्ण भूमिकामा देखिनेछन् ।सालार दुई साथीको कथा हो, जसमा एक साथीले आफ्नो मृत्यु हुँदा अपराधी गिरोहबाट बदला लिने वाचा गर्छ। प्रभासको वर्कफ्रन्टको कुरा गर्दा ‘सालार’ पछि अभिनेता ‘कल्की २८९८ ईस्वी’ मा देखिनेछन् ।साभार : डिसी नेपाल

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

19 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

19 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले