Janakpurdham
Thu, Oct 23, 2025
`

अग्रिम बुकिङमा प्रभासको ‘सालार’ आक्रमक, पहिलो दिन ३१ हजार बढी टिकट बिक्री

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी, मुम्बई पुष १ गते ।  साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ २२ डिसेम्बरमा हलमा रिलिजको लागि तयारीमा छ ।दर्शकले लामो समयदेखि यो फिल्मको प्रतिक्षा गरिरहेका छन् । फिल्मको रिलिज मिति पटक–पटक सारिएपछि अब यो पर्दामा आउने भएको छ । यसअघि पनि फिल्मको ट्रेलर रिलिज भएको थियो भने अब अग्रिम बुकिङ पनि सुरु भएको छ, जसमा ‘सलार’ले राम्रो कलेक्सन गरिरहेको छ ।यसको अग्रिम बुकिङ डिसेम्बर १६ गते अर्थात् ‘सालार’ रिलिज हुनु एक साता अघि देखि नै सुरु भएको हो । प्रभासको फिल्मले पहिलो दिन अग्रिम बुकिङमा ३१ हजारभन्दा बढी टिकट बेचेको छ भने ६० लाखभन्दा बढी कमाएको छ ।सैकनिल्कको रिपोर्ट अनुसार ‘सालार’ ले पहिलो दिन अहिलेसम्म अग्रिम बुकिङ गरी ३१ हजार २८६ टिकट बिक्री गरेको हो ।‘सालार’ तेलुगु, मलयालम, तमिल, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज हुनेछ । हाल, अग्रिम बुकिङको आंकडा हिन्दी भाषामा आउन बाँकी छ। होमबेल फिल्म्सको ब्यानरमा निर्माण भएको ‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र मीनाक्षी चौधरी, टिनु आनन्द, ब्रह्माजी, ईश्वरी राव महत्वपूर्ण भूमिकामा देखिनेछन् ।सालार दुई साथीको कथा हो, जसमा एक साथीले आफ्नो मृत्यु हुँदा अपराधी गिरोहबाट बदला लिने वाचा गर्छ। प्रभासको वर्कफ्रन्टको कुरा गर्दा ‘सालार’ पछि अभिनेता ‘कल्की २८९८ ईस्वी’ मा देखिनेछन् ।साभार : डिसी नेपाल

`
12 comments
जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 घन्टा पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

4 घन्टा पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

18 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

18 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

2 दिन पहिले