Janakpurdham
Thu, Oct 29, 2026
`

अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ।

प्राधिकरणका अनुसार आँधीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।

प्राधिकरणले कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्भावित जोखिम न्यूनीकरण गरी हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक तयारी गर्न तथा उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

त्यस्तै, चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी तथा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..

2 घन्टा पहिले

राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो

काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..

2 घन्टा पहिले

जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..

काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..

1 दिन पहिले

भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मà¥..

काठमाडौं, कात्तिक ११ : भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठ..

1 दिन पहिले

एनपिएलमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काडमाडाैं, कात्तिक १० : एनपिएलमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार भएको खेलमा बलरहरुले सानदार प्रदर्श..

1 दिन पहिले