Janakpurdham
Wed, Oct 22, 2025
`

रामायणमा कुम्भकर्णको भूमिकामा पाएका हुन् त बबी देओलले ?

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,
नयाँ दिल्ली ,माघ २ गते ।  एनिमलको सफलता पछि हिजोआज बबी देओल मख्ख छन् । उनको डिमान्ड बढेको हो । धेरैजसो निर्देशकहरु उनलाई आफ्नो फिल्ममा खेलाउन चाहिरहेका छन् । हालै मात्र उनले दक्षिण भारतका केही फिल्ममा खलपात्रको रूपमा देखिने पक्कापक्की भएको खबर आएको थियो ।

पछिल्लो खबरहरूका अनुसार निर्देशक नितेश तिवारीको मेगा प्रोजेक्ट रामायणमा खेल्न लागि बबी देओललाई प्रस्ताव गरिएको छ । उनलाई कुम्भकर्णको भूमिका अफर भएको बताइएको छ । ईटाइम्सले छापेको खबरका अनुसार फिल्ममा बबीको कास्टिङको अफवाह चलेपछि अभिनेताको टिमसँग कुराकानी भएको थियो । बबीको टिमले एक्टरले कुम्भकर्णको भूमिका पाएको खबरलाई गलत भनेको बताइएको छ । बबी नितेशको रामायणसँग आबद्ध नरहेको उनीहरूको भनाई थियो ।

खबरका अनुसार रानी कैकेयीको भूमिकाका लागि भने लारा दत्तको नाम फाइनल गरिएको छ । रामायणमा कैकयी राजा दशरथकी तेस्रो पत्नी हुन् । बबीका दाजु सनी देओल पनि यो प्रोजेक्टको हिस्सा हुने अनुमान चलिरहेको छ । चर्चाका कारण उनलाई हनुमानको भूमिका अफर भएको छ । नितेश तिवारीको रामायणमा रामको भूमिकामा रणवीर कपूर देखिनेछन् । दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सिता बन्नेछिन् । फिल्ममा साउथ अभिनेता यश रावण बन्नेछन् ।साभार : रातोपाटी

`
12 comments
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

7 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

7 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

1 दिन पहिले

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।  तिहारमा झिल..

1 दिन पहिले

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..

2 दिन पहिले