भारतमा आम चुनावअघि किन पक्राउ परे केजरीवाल ? मोदीले राजनीतिक षडयन्त्र रचेको आरोप
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,चैत ९ गते । भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक मानेका छन् ।
केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् ।
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारतको छवि मोदीको कार्यकालमा धुलिसात भएको आरोप छ । उनले देशभित्रका धार्मिक अल्पसंख्यक, खासगरी मुस्लिमहरूलाई निरन्तर दमन गर्दै आएका छन् । हिन्दू जनसंख्यामा भने उनको लोकप्रियता चुलिँदो छ ।
‘यसले पुष्टि हुन्छ कि आज इडी एउटा स्वतन्त्र अनुसन्धान एजेन्सीका रूपमा छैन,’ आपका नेता अतिशी सिंहले भनिन्, ‘यो विजेपीको राजनीतिक हतियारजस्तो बनेको छ ।’
विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताए ।
उनले भने, ‘यो एउटा कानूनी प्रक्रिया हो जुन भ्रष्टाचार नियन्त्रणका लागि अति आवश्यक छ । कानूनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’
भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी । सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । तल्लो तप्काका जनताका एजेन्डाहरू उठाएर राजनीतिमा लोकप्रियता कमाएका नेता हुन् उनी । उनको नेतृत्वको सरकारले भारतको राजधानी शहरमा खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो ।
सानो पार्टी भए पनि सत्तारुढ भारतीय जनता पार्टीलाई लल्कार्न सक्ने एउटा प्रभावशाली राजनीतिक शक्तिका रूपमा आपले आफूलाई उभ्याएको थियो । केजरीवालले मोदीविरोधी नेताका रूपमा आफ्नो सशक्त छवि बनाइरहेका थिए । त्यसैले उनीप्रति प्रधानमन्त्री मोदीको व्यक्तिगत चिडचिडाहट थियो नै । आपले आउँदो आम निर्वाचनमा २६ वटा विपक्षी राजनीतिक दलको गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछ ।
भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भए । कांग्रेसका अनुसार उनीहरूको बैंक खाता कर विभागले रोक्का गरेको दाबी गरेको छ, जसले गर्दा बैंकमा रहेको २ करोड डलरभन्दा बढी रकम प्रयोग गर्न सकिरहेको छैन ।
‘हामी आफ्नो अभियानका कामहरू गर्न सकिरहेका छैनौँ । आफ्ना कार्यकर्ता र उम्मेदवारलाई सहयोग गर्न असमर्थ भइरहेका छौँ । हाम्रा नेताहरू देशको एउटा कुनाबाट अर्को कुनामा जान सक्ने अवस्था छैन । हामी सञ्चारमाध्यममा विज्ञापन दिन सकिरहेका छैनौँ,’ कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।
भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ गान्धीले एक्समा लेखेका छन् ।
साभार : नेपाल प्रेस
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
18 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
18 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’