धनुषा तथा महोत्तरीका चार पालिकामा डिप बोरिङ, २ सय हेक्टरमा सिँचाई
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ ३ गते । धनुषा तथा महोत्तरी जिल्लाको दक्षिणी भेगमा सिँचाइका लागि पानीको अभाव भएपछि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले चार पालिकामा ४ वटा डिप बोरिङ जडान गरेको छ ।
धनुषाको धनौजी, मुखियाट्टी मुसहरनीया र महोत्तरीको पिपरा तथा एकडरा वेला गाउँपालिकामा गरेर ४ वटा डिपवोरिङ्गको जडान गर्ने काम सम्पन्न भएको आयोजनाका कलष्टर इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको छ ।
धनुषाको धनौजी गाउँपालिकामा जडान भएको डिप वोरिङ्गवाट आफै पानी आएपछि स्थानीय किसानलाई राहत हुनुको साथै खाने पानी तथा स्नानका लागि गरिब तथा विपन्न वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ । बहु वर्षे योजना अन्तर्गत एक पालिकामा १ वटा डिप बोरिङका साथै त्यसको संरचनाको निर्माण गरिने भएको छ ।
कृषि योग्य भूमिमा क्षति नपुग्ने गरि पाइप जडान गरेर खेत खेतमा सिँचाई गर्ने योजना गरेको छ । एक वटा डिप वोरिङ्गवाट एक पालिकामा ४० देखि ५० हेक्टर क्षेत्रफलमा सिँचाई सेवा पुग्ने भएको छ । उपभोक्ता समिति मार्फत शुरुको वर्षमा प्रत्येक पालिकामा ६० लाखको दरमा ठेक्का गरेकोमा एक पालिकामा ३६ लाखमा कबोल भएर डिप वोरिङ्ग जडान गर्ने काम भएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा विगत दुई वर्ष यता पर्याप्त मात्रामा वर्षा नपरेका कारणले खाने पानी तथा सिँचाइको चरम अभाव भएपनि आयोजनाले चालु आर्थिक वर्षमा डिप वोरिङ्ग जडान गरेको छ । बाँकी संरचनाहरूको निर्माण अर्को आर्थिक वर्ष देखि हुने भएको छ ।
सिँचाइका लागि पाइपको जडान, विजुलीबत्ती जडान तथा पावर हाउसको निर्माण गर्न बाँकी नै रहेको आयोजनाका क्लष्टर इकाई धनुषाका कृषि विकास अधिकृत रितेश कुमार झाले जानकारी दिनु भएको छ । डिप बोरिङको सञ्चालन पूर्ण क्षमतामा भएपछि ती चार पालिकाको करिब २ सय हेक्टर कृषि योग्य भूमिमा सिँचाई सुविधा पुग्ने भएको छ ।
साभार : रेडियो नेपाल
गोरखाका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, कात्तिक १५ : गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेà..
8 घन्टा पहिले
सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, वक्तव्य होइन पà..
काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्..
6 घन्टा पहिले
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..
मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..
1 दिन पहिले
देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह
काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..
1 दिन पहिले
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
2 दिन पहिले