Janakpurdham
Sun, Aug 09, 2026
`

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन दलको सरकार छ?

29 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन्।

संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ। आफ्नो जनताको सेवा गर्नुपर्छ।’

गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए।

उनले घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्थानीय तहको कानुन र व्यवस्थापनसँग जोडिएको बताए।

‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ। जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन। कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ?,’ उनले भने।

गृहमन्त्री गुरुङले विपक्षी दलतर्फ संकेत गर्दै स्थानीय र प्रदेश सरकारमा पनि उनीहरूको भूमिका रहेको दाबी गरे। उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले रु प्रदेश सरकार कसको छ अहिले रु दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको हो रु तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं।’

संसदमा भावुक हुँदै बोलेका गृहमन्त्री गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने बताए। उनले जनताको पीडा बुझ्न आफूहरू प्रत्यक्ष रूपमा घटनास्थलमा पुग्ने गरेको उल्लेख गर्दै त्यसलाई स्टण्टबाजीको रूपमा नलिन आग्रह गरे।

गृहमन्त्री गुरुङले अस्पतालमा पुगेर पीडितको अवस्थाबारे जानकारी लिने विषयमा पनि विपक्षी दलका सांसदहरूसँग प्रश्न गरे । उनले घटनापछि अस्पताल पुगेका सांसदहरूको संख्या र भूमिकाबारे जवाफ मागेका थिए।

‘म यो सम्मानित सदनलाई सोध्न चाहन्छु, हिजो हस्पिटलमा तपाईंहरू कति जना पुग्नुभएको थियो? जो यहाँ घाँटी चिच्याएर कराउनुभएको छ, उहाँहरूमध्ये को–को त्यहाँ हुनुहुन्थ्यो?,’ उनले भने।

 

साभार: काठमाडौँ प्रेस

`
12 comments
अस्पतालभित्र प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्..

काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले कालीकोटको पलाँता अस..

3 घन्टा पहिले

सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं, साउन २३ : मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन्।&nbs..

3 घन्टा पहिले

सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

1 दिन पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

1 दिन पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले