Janakpurdham
Sat, Oct 31, 2026
`

गाँजा खेतीबारे छलफल गर्न कृषि समितिले ४ मन्त्रीलाई बोलायो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ २४ : आगमी बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चार मन्त्री बोलाएको छ।

कांग्रेस सांसद डा. आरजु राणा देउवा सभापति रहेको समितिले शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा गाँजा खेतीसम्बनधी छलफलका लागि मन्त्रीहरुलाई बोलाएको हो।

समितिले गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आमन्त्र गरिएको छ। यी मन्त्रालयका सचिव पनि उपस्थित हुनेछन्।

समितिले बजेटको २९ बुँदामा उल्लेखित ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ विषयमा छलफल चलाउँदैछ।

संसद् सचिवालयका उपसचिव शिवदत्त बरालका अनुसार बैठकमा गाँजा खेतीको औषधि प्रयोजनका लागि यसको उत्पादन, प्रशोधन, बिक्री–वितरणसँग सम्बन्धित विषयमा कानुनी वातावरण तयार गरी वैधानिकता प्रदान गर्ने सम्बन्धमा छलफल हुनेछ।

साभार :  काठमाडौं प्रेस

`
12 comments
कुलेखानी जलाशयमा जलसतह बढ्दै, बागमती नदीको तटीय क्षेत्रà..

मकवानपुर, कात्तिक १४ : कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह बढ्दै गएपछि बागमती नदी आसपासका बस्ती तथा तटीय क्षेत्रà..

3 घन्टा पहिले

देशका प्रमुख राजमार्गहरू अवरुद्ध, सतर्कता अपनाउन आग्रह

काठमाडौं, कात्तिक १४ : बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र लगातारको वर्षाका कारण देशका अधिकांश प्रमुख राà..

3 घन्टा पहिले

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..

1 दिन पहिले

माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्‍यो

काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..

1 दिन पहिले

अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..

काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..

2 दिन पहिले