आर्थिक वर्ष २०८०/८१ मा कुन मन्त्रालयले कति गर्यो खर्च ?
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २५ गते । चालू आर्थिक वर्ष २०८०/८१ को कुल बजेटमा सरकारले ७७.४६ प्रतिशत खर्च भएको छ ।चालू आर्थिक वर्षमा सङ्घीय सरकारले १६ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ कुल बजेटमा १३ खर्ब ५६ अर्ब ६५ करोड २५ लाख ९६ हजार ७०५ रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको खर्च विवरणले देखाएको हो । जुन कुल बजेटको ७७.४६ प्रतिशत खर्च हो ।चालू आर्थिक वर्ष २०८०/८१ को समग्र खर्चको विवरण हेर्दा मन्त्रालयगत रूपमा सबैभन्दा बढी खर्च गृह मन्त्रालयले गरेको छ ।गृह मन्त्रालयले पाएको २ खर्ब १ अर्ब ५९ करोड ५८ लाख ७६ हजार ९० रुपैयाँमा १ खर्ब ८७ अर्ब ८८ करोड १७ लाख ३४ हजार ३० रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै, दोस्रोमा सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । यस मन्त्रालयले कुल १ खर्ब ३५ अर्ब ८२ करोड ४ लाख ४० हजार ८५३ रुपैयाँ बजेटमा ८९ अर्ब ३७ करोड १० लाख ८० हजार ९६७ रुपैयाँ खर्च गरेको छ ।त्यसै गरी सबैभन्दा कम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ८७ करोड ६८ लाख २७ हजार रुपैयाँ बजेटमा ३१ करोड ८३ लाख ८९ हजार ५९६ रुपैयाँ खर्च गरेको छ ।सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएका छन् ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।
अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द रहने छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।
कुन मन्त्रालयले कति खर्च गरे हेर्नुस् सूची

स्रोत महालेखा नियन्त्रकको कार्यालय
साभार : नेपाल प्रेस
उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न
काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..
17 घन्टा पहिले
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। सोम..
17 घन्टा पहिले
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..
काठमाडौँ ,कार्तिक १० गते । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..
2 दिन पहिले
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..
2 दिन पहिले
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
3 दिन पहिले