झापामा आइतबारदेखि निषेधाज्ञा
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
१७ वैशाख, बिर्तामोड । झापामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि राति १२ बजेदेखि निषेधाज्ञा लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले शुक्रबार निषेधाज्ञाको आदेश जारी गर्दै वैशाख २६ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने उल्लेख गरेका छन् । त्यस्तै कुनै भेला जुलुस, सभा सम्मेलन गर्न नपाइने, हाट बजार मेला जात्रा महोत्सव, भोज गर्न पनि नपाइने निषेधाज्ञामा उल्लेख गरिएको छ ।
निषेधाज्ञामा सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय पनि बन्द हुने भएका छन् ।
यातायातमा जोरविजोर
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेको भन्दै रोकथामका लागि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रले एक साताका लागि जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका गाडी मात्र चल्न पाउने निर्णय गरेको हो ।
एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, बैंक, वित्तीय संस्था, फोहोरमैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवामा चाहिँ जोर–विजोर लागू नहुने भनिएको छ । केन्द्रको शुक्रबार बसेको बैठकले सरकारी कार्यालय, बैंक तथा विमालाई पनि आलोपालो प्रणालीमा सञ्चालन गर्न भनेको छ । साथै, सबै प्रकारका सभासम्मेलन, सेमिनार, गोष्ठी, मनोरञ्जन स्थल लगायत बन्द गर्न पनि भनिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार सर्वसाधारणलाई पनि अत्यावश्यकबाहेक हिँडडुल नगर्न आग्रह गर्ने निर्णय भएको छ । काँकरभिट्टा र खजुरगाछीबाहेकका नाकाबाट नागरिकहरुलाई प्रवेश गर्न निषेध गर्ने पनि भनिएको छ ।
कसैले मापदण्डको उल्लंघन गरे संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही हुने भनिएको छ ।
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..
नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..
3 दिन पहिले
सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..
काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..
3 दिन पहिले
बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन
काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..
4 दिन पहिले
विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..
काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..
4 दिन पहिले
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
5 दिन पहिले