
जनकपुरधाम सहित तराइ मधेशमा छठको तयारी तीव्र
8 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, कार्तिक १४ गते । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा श्रद्धा, भक्ति र नियम–निष्ठापूर्वक मनाइने छठ पर्व तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधाममा धूमधामको ऐतिहासिक तथा धार्मिक महत्वको पोखरीहरूको सरसफाई तथा सजावट गर्ने काम शुरु भएको छ ।
नियम निष्ठा र विधिपूर्वक मनाइने यस क्षेत्रको साझा सांस्कृतिक पर्वको रुपमा रहेको छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने र किनमेल गर्ने कार्यमा सर्वसाधारण स्थानीय हाट बजारमा व्यस्त भएको देखिएका छन् । मिथिला क्षेत्रमा मनाइने छठ कार्तिक २० गते मङ्गलवारबाट नहा खाय गरेर विधिवत् रुपमा सुरु हुन लागेको छ ।
जनकपुरधाममा रहेका दर्जनौँ पोखरीहरूको सरसजावट गर्ने पण्डाल लगाउने, बिजुली बत्ती जडान गर्ने काम भइरहेको छ । यसका साथै व्रती तथा निजका आफन्तहरुले एक महिना अगाडी देखि नै छठमा प्रयोग हुने सामाग्रीहरूको किनमेल गरिरहेका छन् ।
जनकपुरधाम सहित देशका विभिन्न भाग तथा भारतको विहारमा भव्यतापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन व्रतालुहरूले राति मिठा (सख्खर)मा बनाइएको खीर खाने विधिलाई खरना भन्ने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने चलन रहेको छ ।
छठको पहिलो दिन नुहाएर चोखो भई खाने गरिन्छ जसलाई स्थानीय भाषमा नहाखाय, दोस्रो खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको विधिवत् रुपमा समापन गरिन्छ । छठ पर्व गर्ने व्रतीहरूले १५ दिन अगाडी देखि नै माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्यवस्तुहरू छोड्ने गरेका छन् ।
भगवान् सूर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा, अर्तकपात बदही, दूध, माटोको हात्ती, ढकनी चढाउने परम्परा रहेको छ । छठ पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ ।
तराई–मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात् ‘सझुका अर्घ’ भनिन्छ । पोखरी, इनार, तलाउ, नदी आदि ठाउँहरूमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ ।
छठ पर्वका लागि आवश्यक सामग्री किनमेलका लागि जनकपुरधाम सहित तराई मधेशका अधिकांश हाट बजारमा सर्वसाधारणको चहलपहल निक्कै बढेका छन् । छठमा चाहिने आवश्यक सामग्रीहरु केरा, दाउरा, सुप्पा, ढाकी, धूप, उखु, सामान किन्न आउने तथा बेच्न जानेको खुद्रा बजारमा चहलपहल बढेको हो ।
छठ पर्व सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर, विहारकुण्ठ लगायतका दर्जनौँ पोखरी र सरोवरहरू विभिन्न संघ संस्था र युवाहरूले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन अहिले व्यस्त देखिएका छन् ।
यस पर्वमा धेरै सामाग्रीहरूको उपयोग हुने भएकाले यसको तयारी एक महिना अगाडी देखि नै गर्ने चलन रहेको छ । विभिन्न जातजातिले उत्पादन गरेका सामाग्रीहरूका साथै बाँस तथा माटाका भाडा वर्तन, कृषि सामाग्रीहरूको उपयोग अत्यधिक मात्रामा हुने गरेको छ । यस पर्वमा प्रकृतिको पूजा गर्ने चलन रहेको छ ।
मानव जगत सहित चराचर जीवजन्तु तथा वनस्पतिलाई प्रत्यक्ष रुपमा लाभ दिने सूर्यको उपासना गर्नुका साथै जल तथा जलाशय, नदी तथा पोखरीहरूको संरक्षण गर्नु पर्ने सन्देश दिने गरेको छ ।
साभार : रेडियो नेपाल

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
13 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
13 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले