साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
4 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज्ञान प्रर्दशनी गरेको छ । २०८३ साल बैशाख ३ गते बिहीवारदेखि दुई दिनसम्म विविध शैक्षिक, सामाजिक तथा मानवीय कार्यक्रमहरूको आयोजना गरी अतिरितm क्रियाक्लाप अन्तर्गत विद्यालय विज्ञान प्रर्दशनी गरेको हो ।विद्यालयका प्रिन्सिपल अजय कुमार साहका अनुसार अतिरितm क्रियाक्लाप अन्तर्गत पहिलो दिन बैशाख ३ गते विज्ञान प्रर्दशनी कार्यक्रमको आयोजना गरियो । विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको विकास र सकारात्मक ऊर्जाको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । त्यसैगरी दोस्रो दिन बैशाख ४ गते (आज) बिहान १० बजेदेखि ३ बजेसम्म चित्रकला कार्यक्रमको आयोजना गरिएको छ ।
साउथ प्वाईट विद्यालयले शिक्षा मात्र होइन, सामाजिक चेतना, मानवीय मूल्य र सद्भावको प्रवद्र्धनमा समेत निरन्तर योगदान दिँदै आएको भन्दै विद्यालय परिवारले सबैलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ । विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक शिक्षा दिनुपर्ने सन्देशसहित आयोजना गरिएको प्रदर्शनीले विज्ञान र प्रविधिको महत्त्व बढाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ । विद्यार्थीहरूले केवल मोडलहरू मात्र बनाएनन्, बरु आगन्तुकहरू र अभिभावकहरूलाई आफ्नो प्रोजेक्टले कसरी काम गर्छ भन्ने कुरा निकै आत्मविश्वासका साथ बुझाएका थिए।किताबी सिद्धान्तलाई व्यवहारमा उतार्न पाउँदा विद्यार्थीहरूमा नयाँ जोस देखिएको थियो। विशेषगरी कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले हप्तौँ लगाएर तयार पारेका रोबोटिक्स, स्मार्ट सिटी, र वातावरण मैत्री ऊर्जाका नमुनाहरू आकर्षणको केन्द्र बनेका थिए ।प्रतिस्पर्धात्मक भावनाः प्रदर्शनीमा उत्कृष्ट हुने प्रोजेक्टहरूलाई पुरस्कृत गरिने व्यवस्था भएकाले पनि विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा र उत्साह झल्किएको थियो ।अभिभावकको साथः आफ्ना छोराछोरीले बनाएका आविष्कारहरू हेर्न ठूलो संख्यामा अभिभावकहरू उपस्थित हुँदा विद्यार्थीहरूको मनोबल अझ उच्च देखिएको थियो । अभिभावकहरुले विद्यार्थीहरूको यो उत्साह र सिर्जनशीलताले भोलिको वैज्ञानिक जनशक्ति तयार पार्न मद्दत पुग्ने बताउनुभएको थियो ।
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
10 घन्टा पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
10 घन्टा पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
1 दिन पहिले
सिन्धुली कार दुर्घटना : सुनकोशीमा खसेको कारमा सवार २ जना..
रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीम..
1 दिन पहिले
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
गण्डकी, साउन १७ : ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथ..
2 दिन पहिले