Janakpurdham
Fri, Apr 17, 2026
`

जनकपुर बोल्टस्का जर्सी सार्वजनिक

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर ३ गते । यही मङ्सिर १५ गतेबाट हुन लागेको एनपीएल अन्तर्गत फ्रेन्चाइज टिमको रुपमा सहभागी हुन लागेको जनकपुर बोल्टस्को जर्सी जनकपुरधाममा सार्वजनिक गरिएको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल तथा जनकपुर बोल्टस् कप्तान आशिफ शेकले विशेष कार्यक्रमका बीचमा जर्सी सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा टिमका तर्फबाट फेस अफ दि बोल्टस् अन्डर १९ महिला टिमका कप्तान पूजा महता घोषणा गर्नुका साथै १९ महिला वर्ल्ड कपमा क्वालिफायर हुनुभएकोमा टिमका तर्फबाट महतोलाई नगद ५० हजार सहित सम्मानित गरिएको थियो ।

प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेश सरकारले मधेशमा खेलकुदको विकास गर्नका लागि केही दिन अगाडी मात्र खेलकुदको विधेयक प्रदेश सभाबाट सर्वसम्मतिले पारित गरेर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशनको क्रममा रहेकाले विधेयक खेलकुदको विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले मधेश प्रदेशमा खेलकुदको व्यापक सम्भावना भएको बताउँदै प्रदेश सरकारले खेलकुदको विकासमा अझ बढी सक्रियता देखाउन आवश्यक भएको बताउनुभयो ।

जनकपुर बोल्टस्का डाइरेक्टर अलि श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डल, मङ्गहा नगरपालिका प्रमुख सञ्जीव कुमार साह, नेपाल क्रिकेट संघका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठ र अन्डर १९ महिला टिमका कप्तान पूजा महतोले नेपालका क्रिकेट खेलको व्यापक सम्भावना भएको बताउनुभयो ।


साभार : रेडियो नेपाल

`
12 comments
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

5 घन्टा पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

5 घन्टा पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

1 दिन पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

1 दिन पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

2 दिन पहिले