Janakpurdham
Mon, Dec 09, 2024
`

जनकपुरधाममा विवाह पञ्चमीको रौनकता, जन्ती स्वागतका लागी विशेष तयारी

11 दिन पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर १३ गते । जनकपुरधाममा वर्षेनी रुपमा मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाइँदै आएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव यस पटक भव्य रुपमा मनाईन लागेको छ ।

पाँच वर्षको अन्तरालमा भारतको राम जन्मभूमि अयोध्याबाट पाँच सयको सङ्ख्यामा साधु सन्त सहितको जन्ति आउन थालेकाले यस पटक विशेष हर्षोल्लासका साथ जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव मनाउन थालेको हो ।

 लामो समयको प्रतीक्षा पछि राम जन्मभूमि अयोध्यामा भगवान श्रीरामको भव्य तथा आकर्षक मन्दिर निर्माण भएपछि मन्दिर निर्माण समितिका महासचिव चम्पत राय, विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू, राजनीतिक दल, उद्योगी, व्यवसायी, साधुसन्तहरु जन्तीको रुपमा जनकपुरधाम आउन लागेकाले यस पटक विशेष तयारी गरिन थालेको छ ।

अहिले जानकी मन्दिर सहितका अन्य मठ मन्दिरहरूको सौन्दर्यीकरणको काम भइरहेको छ भने रामलिला तथा रासलीलाका लागि जानकी मन्दिर अगाडीको परिसरमा भव्य तथा आकर्षक पण्डालको निर्माण गर्ने काम भइरहेको छ ।

विवाह पञ्चमीलाई भव्यता दिनका लागि प्रदेश सरकारले विभिन्न तयारी गरिरहेको छ । मधेश प्रदेश सरकारले मधेश भवन अगाडीको पर्खालमा मिथिला पेन्टिङ गराउने काम गरिरहेको छ । यसका साथै विवाह पञ्चमीको मुख्य दिन विवाहको कार्यक्रम हेर्नका लागि जानकी मन्दिरमा हुने भिडलाई घटाउनका लागि पाँच महत्वपूर्ण ठाउँमा प्रोजेक्टर प्रदेश सरकारले जडान गर्न थालेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले जानकारी दिनुभयो ।

मधेश प्रदेश सरकारले विवाह पञ्चमीमा आउने जन्तीको स्वागत गर्ने भएको छ । जन्तीलाई निमन्त्रणा पत्र हस्तान्तरणका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आफै भारतको अयोध्या जानुभएको थियो । यसका साथै प्रदेश सरकारले नै जन्तीको खानपान तथा आवासको व्यवस्थापन गर्न लागेको छ ।

oplus_2

नेपाल भारत बीचको ऐतिहासिक तथा प्राचीन कालिन सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनका लागि विवाह पञ्चमी महोत्सवले विशेष योगदान दिनुका साथै पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान दिएकाले यसको भव्य तयारी गरिएको छ ।

सप्ताहव्यापी रुपमा हुन लागेको श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मङ्सिर १६ गते नगर दर्शन, १७ गते फूलबारी लिला, १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंवर तथा शुभ विवाह र २२ गते रामकलेवा रहेको छ ।


साभार ः रेडियो नेपाल

 

`
12 comments
पत्रकार महासंघको चुनावमा कांग्रेसनिकट युनियन र एमालेनि..

काठमाडौं, ,मंसिर २४ गते ।  नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल घोष..

5 घन्टा पहिले

अन्तिम बलमा जनकपुरसँग लुम्बिनी स्तब्ध, लगातार चौंथो हार

काठमाडौं ,मंसिर २४ गते । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण ..

5 घन्टा पहिले

जानकी मन्दिरमा ३४ जोडीको दाइजो बिनाको सामूहिक विवाह गरा..

जनकपुरधाम ,मंसिर २४ गते । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विव..

5 घन्टा पहिले

पत्रकार महासंघमा तीन महिला केन्द्रीय सदस्य निर्विरोध, य..

काठमाडौं , मंसिर २३ गते । नेपाल पत्रकार महासंघको ४७ सदस्यीय केन्द्रीय समितिका लागि हुन लागेको निर्वाचनमा तीन जना..

1 दिन पहिले

एनपीएल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्द..

काठमाडौं , मंसिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्..

1 दिन पहिले