आज विवाह पञ्चमी- जनकपुरधाममा भगवान श्रीराम र सीताबीच विवाह हुने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,मंसिर २१ गते ।
आजु मिथिला नगरिया निहाल सखिया… २
चारों दुलहा में बड़का कमाल सखिया… २
जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक गीत गुन्जिरहेको छ । यो गीतमा ‘मिथिलामा आज खुशी छाएको र चार दुलाहामध्ये जेठो (भगवान श्रीराम) अति सुन्दर’ रहेको वर्णन गरिएको छ ।
त्रेतायुगमा आजकै दिन (मंसिर शुक्ल पंचमीको तिथि)मा भगवान श्रीराम र माता सीताबीच विवाह भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधामस्थित जानकी मन्दिरमा भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
जानकी मन्दिरले हरेक वर्ष जस्तै यसवर्ष पनि साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरेको छ । जानकी मन्दिर दुलहीझैं सिंगारिएको छ । भगवान श्रीरामको विवाहमा सहभागी हुन गाउँ गाउँबाट आएका श्रद्धालु र साधुसन्तले जनकपुरधाम भरिभराउ छ ।
महोत्सवको मुख्यदिन आज भगवान श्रीराम र माता सीताको रंगभूमि मैदानमा स्वयंबर गरिनेछ । राति हजारौं श्रद्धालुहरूको उपस्थितिमा जानकी मन्दिरमा विवाह (मालाफेर र सिन्दुरदान) समारोह हुने छोटा महन्त रामरोषण दास बैणव’ले जानकारी दिए ।
आज राम मन्दिरबाट श्रीरामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुर्याइन्छ । साथै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप पनि त्यहाँ लगिन्छ ।
रंगभूमि मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्तले जानकीलाई माला लगाई आरती पूजन गरिन्छ । यो विधिलाई नै स्वयम्बर भएको मानिन्छ ।
भगवान श्रीराम र सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ । त्यसैले भगवान श्रीरामको स्वयंवर विधि हेर्न लाखौं श्रद्धालु र साधुसन्त उर्लिन्छ ।
स्वयंवर सकेपछि श्रद्धालु, साधुसन्त र अयोध्याबाट आएका जन्तीको लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याइन्छ । त्यहाँ आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ । आजै राति मिथिला परम्पराअनुसार भगवान श्रीराम र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।
विवाह समारोहमा वर र वधु पक्षका साधुसन्त आपसमा हाँसो ठट्टा समेत गर्छन् । महिलाहरु लोकगित मार्फत् अयोध्याबाट आएका जन्तीलाई गाली गर्छन् । वैवाहिक माहोल र श्रद्धालुको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ।
यसअघि पहिलो दिन जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन फूलबारी लीला भयो । तेस्रो दिन ‘धनुष यज्ञ’, पाँचौं दिन तिलकोत्सव र छैठौं दिन मटकोर सम्पन्न गरिएको थियो ।
जनकपुरधाममा जस्तै अन्य कैयौं ठाउँमा पनि हिन्दू धर्मावलम्बी तथा साधुसन्तहरु विवाह पञ्चमी मनाउँदै आएका छन् । सिरहा सदरमुकामस्थित राम मन्दिरमा पनि विधिपूर्वक भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह गराइन्छ ।
साभार ः नेपाल प्रेस
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
2 घन्टा पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
2 घन्टा पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
1 दिन पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
1 दिन पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
2 दिन पहिले