Janakpurdham
Fri, Sep 04, 2026
`

मधेश प्रदेश सरकारले एक हजार एकासी सहिद परिवारको बिमा गर्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, पुस २४ गते ।मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका पाँच जनाको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको छ ।

मधेश प्रदेशको ८ जिल्लाका १ हजार ८१ जना सहिद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बिमा गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिनुभयो ।

यसका लागि मधेशी सहिद प्रतिष्ठान मार्फत सहिदहरूको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको जानकारी दिँदै सहिद परिवारका पाँज जना सदस्यलाई उक्त बिमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी दिनुभयो ।

गृहमन्त्री लेखीले स्वास्थ्य बिमा गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको बताउँदै यसको शुरुआत माघ ९ गतेबाट गरिने जानकारी दिँदै माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस मनाउने बताउनुभयो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ सहिद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बिमा बोर्डलाई प्रति सहिद परिवार ३ हजार ५ सय बिमा शुल्क तिरिदिने बताउनुभयो ।

उहाँले स्वास्थ्य बिमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नु पर्ने प्रावधान भएपनि मधेशी सहिद प्रतिष्ठानको सहयोगमा चाडै शुरुआत गरिने बताउनु भयो । पत्रकार सम्मेलनमा मन्त्रालयका अन्य पदाधिकारीहरू सहभागी रहनुभएको थियो । बिमा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा सहिद भएका परिवारहरू समेटिने भएको पनि मन्त्रालयले जनाएको छ ।


साभार ः रेडियो नेपाल

`
12 comments
हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याउन प्रधानमन्त्..

  काठमाडौं, भदाै १८ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता ग..

22 घन्टा पहिले

भोटेकोशी बाढी : १ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्..

काठमाडौं, भदौ १८ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हज..

22 घन्टा पहिले

नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

4 दिन पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

4 दिन पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

5 दिन पहिले