मधेश प्रदेश सभाको सात वर्षमा ६४ विधेयक पारित
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,माघ २१ गते । मधेस प्रदेशसभाले सातौँ वार्षिकोत्सव मनाएको छ । सात वर्षको अवधिमा ३ सय २२ वटा बैठक बसेको छ । सात वर्षमा २ हजार ५ सय ५५ दिन भएकोमा ३ सय २२ दिन प्रदेश सभाको बैठक चलेको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख रहेको छ । प्रदेशसभाको बैठक औषत रुपमा प्रत्येक ८ दिनमा एक पटक बस्ने गरेको छ ।
सात वर्षको अवधिमा प्रदेशसभामा ४ सय ६८ घण्टा २५ मिनेट बैठक चलेको हो । प्रदेश सभामा कुल ३ सय २२ वटा बैठक बसेकाले औसतमा डेढ घण्टाभन्दा पनि कम बैठक बस्ने गरेको पाइन्छ । प्रदेशसभाका प्रवक्ता विपिन कुमार ठाकुरका अनुसार प्रदेशसभाको पहिलो ५ वर्षमा ९ वटा अधिवेशनमा २ सय २६ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १५ मिनेट बैठक चलेको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकालमा चारवटा अधिवेशनमा ९६ वटा बैठक बस्दा प्रदेशसभा १ सय ५७ घण्टा १० मिनेट सञ्चालन भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएर ऐन बन्दा दोस्रो कार्यकालमा संशोधनसहितका १६ वटा विधेयक दर्ता हुँदा १२ वटा बैठकबाट पास भएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । यसमा संशोधन पनि रहेको छ । मुख्य रुपमा ६४ विधेयक हालसम्म पारित भएको छ ।
दुई वटा विधेयक समितिमा विचाराधिन छ भने एउटामाथि सदनमा छलफल चलिरहेको छ । यस अवधिमा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल नहुँदै प्रदेश सरकारले फिर्ता लिएको छ ।
मधेस प्रदेशसभामा सात वर्षको अवधिमा मधेस सरकारले ८ वटा नीति तथा कार्यक्रम सहितको बजेट ल्याएको छ ।
साभार : रेडियो नेपाल
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
15 घन्टा पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
15 घन्टा पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
2 दिन पहिले
नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..
2 दिन पहिले
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
3 दिन पहिले