Janakpurdham
Thu, Feb 26, 2026
`

सङ्घीयता प्रतिको नकारात्मक टिप्पणी चिर्न सक्नुपर्दछ : प्रदेश प्रमुख भण्डारी

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,माघ २१ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाले प्रदेशको समृद्धि, विकास तथा सामाजिक विकृतिहरूको अन्त्य गर्नेका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । 

मधेश प्रदेश सभाको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उहाँले मधेश प्रदेश र प्रदेश सरकारमा लाग्ने गरेका विभिन्न आरोप चिर्न प्रदेशमा आर्थिक अनुशासन कायम गर्न जरुरी रहेको बताउनुभयो ।

प्रदेश प्रमुख भण्डारीले प्रदेशप्रति हुने गरेको नकारात्मक टिप्पणी चिर्दै सङ्घीयता तथा गणतन्त्रको संस्थागत विकास हुने किसिमको गतिविधि गर्न प्रदेश सरकार र प्रदेश सभाका सदस्यहरूसँग आग्रह गर्नुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशमा सुशासन तथा जनतालाई विकासको अनुभूति गराउनका लागि प्रदेश सरकारले विभिन्न बाधा तथा व्यवधानका बीचमा काम गरिरहेको र यसको परिणाम चाडै देखिने बताउनुभयो ।

सभापतिको आसनबाट मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीय शासन प्रणालीमा देश गएपछि मधेशको गाउँ गाउँमा विकासको लहर आएर गाउँहरू अहिले शहरमा परिणत हुन थालेको बताउनुभयो ।

oplus_2

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले प्रहरी समायोजन सहितको सङ्घीयतालाई बलियो बनाउनका लागि वर्तमान प्रधानमन्त्री गम्भीर रहनु भएकाले नकारात्मक टिप्पणी नगरेर आशावादी रहन आग्रह गर्नुभयो ।

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले शिक्षामा लगानी नबढाएसम्म प्रदेशको समृद्धि र विकास कठिन हुने भएकाले सबै तहका सरकारलाई शिक्षामा लगानी बढाउन आग्रह गर्नुभयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेश प्रदेश सभाले प्रदेशमा विकास तथा सुशासन अगाडी बढाउनका लागि नेतृत्व दायी भूमिका खेल्न आवश्यक भएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता रामसरोज यादवले मधेश प्रदेशलाई अगाडी बढाउनका लागि प्रहरी तथा निजामती कर्मचारीको समायोजन शीघ्र रुपमा हुनुपर्ने धारणा राख्नुभयो ।

सातौँ वार्षिकोत्सव कार्यक्रममा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह, नेकपा एकीकृत समाजवादी पार्टीका रत्नेश्वर लाल गोईत, नागरिक उन्मुक्ति पार्टीका उर्मिला देवी सिंह, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले शुभकामना दिनुभएको थियो ।

यस वर्षको सर्वोत्कृष्ट प्रदेश सभा सदस्यको रुपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव र सर्वोत्कृष्ट कर्मचारीको रुपमा रेडियो नेपालबाट प्रदेश सभाको स्थापनादेखि नै खटाइएका प्राविधिक अधिकृत ईन्द्र कुमार बहरखेल घोषणा हुनु भयो । उहाँहरूलाई प्रदेश प्रमुख भण्डारीले सम्मानपत्र तथा नगदसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका वार्षिकोत्सवको अवसरमा आयोजित विविध खेलकुदका प्रथम, द्वितीय तथा तृतीय हुने प्रदेश सभा सदस्यहरु, कर्मचारीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।   


साभार : रेडियो नेपाल

`
12 comments
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..

कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..

1 दिन पहिले

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..

1 दिन पहिले

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..

2 दिन पहिले

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..

2 दिन पहिले

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..

काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..

3 दिन पहिले