मधेश प्रदेशका किसानलाई सूचीकरणमा सहभागी हुन आग्रह, अनुदान पाउन पहिचान आवश्यक – मन्त्री सिंह
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, माघ ३० गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानहरूको पहिचान सुनिश्चित गर्न किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
मंगलबार जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री क्षेत्रीले किसानहरूको उचित पहिचान नभएसम्म सरकारले प्रदान गर्ने अनुदान र सेवासुविधा प्राप्त गर्न कठिन हुने बताएका छन्।
किसान आयोगका अनुसार मधेश प्रदेशमा कृषि गणनाअनुसार ३.३ लाख किसान छन्। तर, हालसम्म केवल ८० हजार ७६४ किसानले मात्र आफ्नो नाम सूचीकरण गराएका छन्। मन्त्री क्षेत्रीले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा यो कार्यक्रम प्रभावकारी बनाउन जनचेतनामूलक अभियान आवश्यक रहेको बताए।
किसान आयोगका सदस्य मञ्जु धिमालका अनुसार उचित सूचीकरण नहुँदा सरकारी सहायता वास्तविक किसानहरूले नपाउने गुनासो आइरहेको छ। उनले किसानहरूलाई सचेत भई अनिवार्य रूपमा दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरे।
कार्यक्रममा विभिन्न वक्ताहरूले कृषिलाई प्राथमिक पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। किसान आयोगका सदस्य टेकबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रामनन्दन तिवारीले किसान सूचीकरणको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे।धनुषा, महोत्तरी, सिरहा, र सप्तरीका जनप्रतिनिधि तथा किसानहरूको उपस्थितिमा भएको छलफलले किसान सूचीकरणको आवश्यकतामा नयाँ बहस जन्माएको छ।
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २à..
काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट..
22 घन्टा पहिले
माधव नेपालको भ्रष्टाचार मुद्दको सुनुवाई सर्यो
काठमाडौं, कात्तिक १३ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल मुछिएको भ्रष..
22 घन्टा पहिले
अर्वनको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अ..
काठमाडौं, कात्तिक १२ : चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुà..
2 दिन पहिले
राहुल चम्किँदा जनकपुरले काठमाडौंलाई ११५ रनमै रोक्यो
काडमाडाैं, कात्तिक १२ : युवा मिडियम पेसर राहुल यादवले फेरि उत्कृष्ट प्रदर्शन गरेपछि एनपिएलको दोस्रो खेलमा जनकपुर..
2 दिन पहिले
जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्à¤..
काठमाडौं, कात्तिक ११ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेतà..
3 दिन पहिले