
मधेश प्रदेशमा नसर्ने रोगको परीक्षण गर्ने अभियान शुरु
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, फागुन १ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचान सम्बन्धि एक महिने अभियानको आज शुभारम्भ गर्नुभएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा स्वास्थ्यमन्त्री सिंह आफै पुगेर प्रेसर तथा सुगरको जाँच गराएर मधेश प्रदेशमा नसर्ने रोगहरूको जाँच गर्ने अभियानको शुरुआत गर्नु भएको हो । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आयोजना नसर्ने रोगको जाँच शुभारम्भ कार्यक्रम पछि अन्य नागरिकहरूले पनि निःशुल्क रुपमा जाँच गर्ने काम भएको थियो ।
“समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वास्थ्य र दीर्घ जीवन बाँचौँ“ भन्ने मूल नाराका साथ नसर्ने रोगको रोकथाम तथा सचेतना फैलाउनका लागि कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य निर्देशक श्रवण कुमार नायकले जानकारी दिनु भएको हो ।
एक महिनासम्म चल्ने यस अभियानमा नसर्ने रोगहरूको नेपाल सरकारको निर्देशन अनुसार निःशुल्क रुपमा परीक्षण गरिने भएको छ । नेपालमा अहिले नसर्ने रोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा अगाडी आएकाले सरकारले देश व्यापी रुपमा फागुन महिनाभरिमा नै यसको जाँच अभियान बढाएको छ ।
अभियानमा सहभागी हुँदै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले सर्ने रोग भन्दा नसर्ने रोगका कारणले नेपालमा वर्षेनी रुपमा धेरैको मृत्यु हुने गरेकाले नसर्ने रोग लाग्न नदिनका लागि समयमा स्वास्थ्यको परीक्षण तथा नियमित रुपमा योग र व्याम गर्न जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको सो अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै नसर्ने रोगको परीक्षण पछि समयमा उपचार भएको खण्डमा थप समस्याबाट जोगिने भएकाले प्रदेशका १ सय ३६ पालिकामा नै नसर्ने रोगको जाँच अभियान शुरु भएको निर्देशक नायकले बताउनु भयो ।
मधेश प्रदेशका १ सय ३६ पालिकामा नै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको शाखा भएकाले नसर्ने रोगको परीक्षण तथा उपचारमा कुनै समस्या नहुने पनि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
साभार ः रेडियो नेपाल

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
8 घन्टा पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
22 घन्टा पहिले
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..
काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..
22 घन्टा पहिले
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..
काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..
2 दिन पहिले
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..
काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..
2 दिन पहिले