एकल महिला समूह जनकपुरधाममा कार्यक्षेत्र विस्तार गर्दै
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम फागुन १५ गते । एकल महिला, सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको अधिकारका लागि जनकपुरधामको सबै वडामा समिति विस्तार गरी अधिकारका लागि सक्रिय भएका छन् । मानव अधिकारका लागि महिला, एकल मिहला समुहले बिहिबार जनकपुरधाममा परियोजनाको सुरुवात गर्दै विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थितीमा कार्यक्रम सुरु गरेको छ । विगत तीन वर्ष देखि धनुषाका क्षिरेश्वरनाथ नगरपालिकामा काम गर्दै आएका ति समुहले जनकपुरधाम उपमहानगरपालिका भित्रका सबै वडामा रहेका एकल महिला ,सिमान्तकृत तथा द्वन्द पिडित महिलाहरुको सवाललाई सम्बोधन गर्न वडास्तरमा बजेट सहितको कार्यक्रम गर्न तयारी गरेको एकल महिला समुहका धनुषा अध्यक्ष सुभद्रा आलेले जानकारी दिनुभयो ।
कुर्भे वेस्ट्रोको आर्थिक सहयोगमा तीन वर्षे परियोजना सञ्चालन भएका जानकारी दिदै उहाँले एकल महिलाको अधिकार र शसक्तिकरणका लागि वकाल तथा पैरवी गर्ने परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनु भयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलको प्रमुख आतिथ्यमा भएको सो परियोजना उद्घाटन कार्यक्रममा बोल्दै सहभागीहरुले समाजमा रहेका एकल महिला तथा अन्य सिमान्तकृत महिलाहरुले भोग्दै आएका असमानतालाई वडास्तरबाट नै पहिचान गरी ती समस्याहरुको समाधान गर्न यो परियोजनाले सहयोग गर्ने जनाएका थिए । सो परियोजनाबारे जानकारी दिदै एकला महिला समुहका प्रादेशिक कार्यालय प्रमुख आरती मण्डलले अबको केहि दिनमै जनकपुरधामको २५ वटै वडामा रहेका ती महिलाहरुको समुह बनाई परियोजनात्मक कार्यलाई अगाडी बढाउने जानकारी दिनुभयो । उक्त कार्यक्रममा धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी,ईन्सेक मधेश प्रदेश प्रमुख राजु पासमान, एडभोकेसी फोरमका प्रमुख राजकुमार महासेठ,जनकपुरधाम उमहानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, एकल , सिमान्तकृत तथा द्वन्द्व पिडत महिलाहरु लगायतका सरोकारबलाहरुको उपस्थिती रहेको थियो ।
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
13 घन्टा पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
13 घन्टा पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
2 दिन पहिले
नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..
काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..
2 दिन पहिले
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार
जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..
3 दिन पहिले