Janakpurdham
Thu, Apr 16, 2026
`

विकासका लागि राजनीतिक स्थिरता जरुरी : अध्यक्ष प्रचण्ड

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,फागुन १८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक तथा औद्योगिक विकास विना मुलुकको विकास र समृद्धि कठिन हुने बताउनुभएको छ । 

जनकपुरधामका उद्योगी व्यवसायीहरुसंग जनकपुरधाम उद्योग वाणिज्य सङ्घमा आज साँझ आयोजित भेटघाटमा उहाँले राजनीतिक स्थिरता तथा सुशासनका लागि कार्यकारी शासकीय प्रणाली आवश्यक भएको बताउँदै अहिलेको शासकीय प्रणालीमा मुलुकमा राजनीतिक स्थिरता ल्याउन कठिन हुने बताउनुभयो । 

उहाँले जनकपुरधाम नेपालको ऐतिहासिक शहर भए पनि यस ठाउँमा बढी राजनीतिकरण भएका कारणले मधेशका वीरगञ्ज तथा विराटनगर भन्दा पनि पछाडि परेको बताउँदै अब जनकपुरधामको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा व्यापारीहरूले नेपालको आर्थिक, औद्योगिक विकासमा भएको कमी, युवा पलायन जस्ता विकृतिका विषयमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गर्दै जिज्ञासा गर्नुभएको थियो । 

आजै प्रचण्डले सहिद परिवारका सदस्यहरूसँग भेटेर सहिदहरूको समस्याका विषयमा पार्टी जानकार भएको बताउँदै आफूले सहिद परिवारलाई सक्दो सहयोग गर्ने पक्षमा रहेको बताउनुभएको थियो । 


साभार ः रेडियो नेपाल

`
12 comments
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

8 घन्टा पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

8 घन्टा पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

1 दिन पहिले

नयाँ वर्षमा राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन था..

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एकजुट हुन आह्वान ग..

1 दिन पहिले

जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

2 दिन पहिले