Janakpurdham
Thu, Jun 25, 2026
`

सेमिफाइनल-२: ईंग्ल्याण्डले टार्ला भारत–पाकिस्तान फाइनल ?

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । टी–२० विश्वकपको फाइनलअघि विश्वभरका क्रिकेट समर्थकका मुख रसाइरहेका छन् । राजनीतिकरुपमा एक अर्काका ‘दुश्मन’ र क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान फाइनलमा भेट हुन सक्ने अनुमान तीव्र छ । तर, त्यसका निम्ति आज हुने सेमिफाइनलमा भारतले बलियो ईंग्ल्याण्डको वाधा पार गर्नुपर्छ ।हिजो न्यूजिल्याण्डलाई सहजरुपमा पराजित गरेर पाकिस्तानले १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यदि आज भारत विजयी भएको खण्डमा आइतबार हुने फाइनलमा भारत–पाकिस्तानबीचको रसिलो भिडन्त हेर्न पाइनेछ । त्यो भनेको पाकिस्तानका निम्ति बदलाको मौका पनि हुनेछ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तान भारतसँग हारेको थियो भने यसै संस्करणको सुपर १२ मा पनि पाकिस्तानलाई भारतले कडा प्रतिस्पर्धामा पराजित गरेको थियो ।

सुपर १२ मा उत्कृष्ट प्रदर्शन गर्दै भारत समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने अन्य ४ खेल जितेको थियो । ईंग्ल्याण्डले तीन म्याच जितेको थियो भने एउटामा हार र एउटा वर्षाका कारण रद्द भएको थियो ।कागजमा दुवै टिम हाराहारीका देखिन्छन् । यद्यपि, ईंग्ल्याण्डभन्दा भारत बढी सन्तुलित छ । ईंग्ल्याण्डको बलियो पक्ष ब्याटिङ हो । ईंग्ल्यान्डमा विष्फोटक ब्याट्सम्यानहरुको पंति छ । जोस बटलर टिमका सबैभन्दा खतरनाक ब्याट्सम्यान हुन्, जो खेलमा हावी भ एभने कुनै पनि बलरलाई बाँकी राख्दैनन् । उनीसँगै ओपनिङ गर्ने एलेक्स हेल्स राम्रो लयमा देखिएका छन् । उनीहरुसँगै बेन स्टोक्स, लियाम लिभिङस्टोन, मोइन अलि, साम कुरान लगायतका ब्याट्सम्यानहरुले भारतीय बलरहरुको टाउको दुखाउन सक्छन् ।यता भारत भने ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुदृढ देखिन्छन् । उच्च लयमा रहेका बिराट कोहली टिमका प्रमुख शक्ति हुन् । तर, उनीभन्दा खतरनाक हुन सक्ने देखिएका छन् मध्यक्रमका सुर्यकुमार यादव । अहिले टी–२० क्रिकेट वरियताको शीर्षस्थानमा रहेका यादव यस विश्वकपमा गजबसँग चम्केका छन् । उनको औसत र स्ट्राइक रेट दुवै उच्च छ । नेदरल्याण्डसँगको पछिल्लो म्याचमा यादवले जस्ता सटहरु खेले, त्यसले पक्कै पनि ईंग्ल्यान्डका बलरहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ ।

भारतीय टिममा ओपनिङ जोडीका रुपमा कप्तान रोहित शर्मा र केएल राउल रहेका छन् । उनीहरु दुवै टी–२० का उत्कृष्ट ब्याट्सम्यान हुन् । तर, कप्तान रोहितले आफ्नो स्तरअनुसार खेल्न सकेका छैनन् । प्रतियोगितामा उनले एक अर्धसतक प्रहार गरे भने बाँकी म्याचमा उल्लेख्य रन बनाउन सकेनन् । सेमिफाइनलमा उनका लागि आफ्नो बहादुरी देखाउने अवसर छ ।बलिङको तुलना गर्दा ईंग्ल्याण्डको भन्दा भारतको बढी धारिलो देखिन्छ । भारतका मोहम्मद सामी, भुवनेश्वर कुमार र अर्सदिप सिंह अष्ट्रेलियाको पीचमा जमेका छन् । स्पिनतर्फ अनुभवि रविचन्द्रन आश्विन छन् । उनले भने स्तरअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् । भारतको ब्याटिङ पंति निकै लामो पनि छ ।यता सेमिफाइनलको पूर्वसन्ध्यामा ईंग्ल्याण्डका महत्वपूर्ण दुई खेलाडी अनुपस्थित रहने भएका छन् । चोटका कारण ब्याट्सम्यान डेविड मलान र बलर मार्क उड टिममा नरहने भएका हुन् । उडको स्थानमा क्रिस जोर्डन आउनेछन् भने मलानलाई कसले प्रतिस्थापन गर्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन । मलानले ईंग्ल्यान्डको ब्याटिङ क्रममा स्थिरता प्रदान गर्दै आएका थिए ।अन्य सबै ब्याट्सम्यानहरु स्ट्रोक प्लेयर भएकोमा उनले ‘एंकर’ को भूमिकामा आफूलाई स्थापित गरेका छन् । अगाडिका विकेटहरु सस्तैमा खसे भने मलानको अनुपस्थिति ईंग्ल्यान्डलाई खट्किन सक्छ । यसैगरि, बलिङमा पनि मार्क उडको अनुपस्थिति खट्किने छ किनकी क्रिस जोर्डन उनको स्तरका बलर होइनन् ।साभार : नेपाल प्रेस

`
12 comments
बन्दशत्रमा रविले भने– पुरानै शैलीले फरक परिणाम सम्भव छै..

चितवन, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक श..

1 दिन पहिले

कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू ..

रौतहट, असार ९ : नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपम..

1 दिन पहिले

नेकपा एमालेका उपाध्यक्ष पौडेल पक्राउ

सुर्खेत ,असार ८ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ ।  पूर्व अर्थमन्त्री समे..

2 दिन पहिले

मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने

चितवन, असार ८ : अहिले चिवतनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेन चलिरहेको छ।  आइतबारबाट सुरु भएर ती..

2 दिन पहिले

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दास..

काठमाडौं, असार ७ : प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको ..

3 दिन पहिले