Janakpurdham
Wed, Jul 15, 2026
`

मधेश प्रदेश सरकारद्वारा ४६ अर्ब ५८ करोड भन्दा बढीको बजेट पेश

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,असार १ गते । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ लाखको आय व्यय सहितको बजेट आज प्रदेश सभामा पेश गरेको छ ।

मधेश प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गर्नु भएको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रहेको छ भने पूँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार बजेट बजेट विनियोजन गरिएको छ ।

मधेश प्रदेश सरकारको कूल बजेट मध्ये चालु तर्फको बजेट ३५.८९ प्रतिशत र पूँजीगत तर्फ ६४.११ प्रतिशतले बजेट विनियोजन गरेको अर्थमन्त्री यादवले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ । चालु आर्थिक वर्षको बजेट भन्दा अगामी आर्थिक वर्षको बजेट ६.१३ प्रतिशतले वृद्धि भएको अर्थमन्त्रीले बजेट वक्तव्यमा उल्लेख गर्नु भएको हो ।

मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेट मध्ये आन्तरिक श्रोतबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपूरक अनुदानबाट ३५ करोड ८२ लाख गरि जम्मा १२ अर्ब ६३ करोड ६४ लाख, संघीय राजश्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख र गत वर्षको मौज्दातबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार र अपुग रहेका २ अर्ब आन्तरिक ऋणबाट बेहोर्ने अर्थमन्त्रीले बजेटमा उल्लेख गर्नु भएको छ ।

मधेश प्रदेश सरकारले सबैभन्दा बढी बजेट मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, पुल, भौतिक संरचनाहरूको निर्माणका लागि १५ अर्ब ८८ करोड ७१ लाख ८२ हजार विनियोजन गरेको छ ।

यसका साथै दोस्रो ठूलो बजेट मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि विनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालहरू, मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सहितका कार्यक्रमका लागि ६ अर्ब ४५ करोड, ६५ लाख रकम विनियोजन गरेको छ ।

यसै गरि ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय अन्तर्गतको सिँचाई, खानेपानीको योजना सञ्चालन गर्न, दुग्धमति उकास तथा निकास सहितका कार्यक्रमका लागि ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार बजेट विनियोजन गरेको छ ।

शिक्षा तथा संस्कृति मन्त्रालयका विभिन्न कार्यक्रमका लागि ३ अर्ब ५७ करोड, ६६ लाख, ५८ हजार, उद्योग, पर्यटन मन्त्रालयका लागि ३ अर्ब ८ करोड, ८१ लख ७४ हजार र कृषि मन्त्रालयको विभिन्न कार्यक्रमका लागि २ अर्ब ८३ करोड विनियोजन गरेको छ । सबै भन्दा कम बजेट मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका लागि विनियोजन गरिएको छ । सो मन्त्रालयका लागि ६४ करोड ८९ लाख ९७ हजार विनियोजन गर्ने काम भएको छ । 


साभार : रेडियो नेपाल

 

`
12 comments
गृहमन्त्री गुरुङ निजगढ पुगेर मिटरब्याज पीडितहरूसँग प्र..

रौतहट, असार ३० : मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ।  जनकपुरबाट क..

10 घन्टा पहिले

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्..

काठमाडौं, असार ३० : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समय..

10 घन्टा पहिले

‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्र..

1 दिन पहिले

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा ..

काठमाडौं, असार २९ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई ..

1 दिन पहिले

स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रि..

काठमाडौं, असार २८ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्प..

2 दिन पहिले