गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन
4 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, श्रावण ६ गते । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।
नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उहाँको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा भनिएको थियो, “यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।” त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको हो।
साभार ः रेडियो नेपाल
गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समित..
काठमाडौं, श्रावण ६ गते । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक..
4 घन्टा पहिले
मधेश राजनीतिक तथा जनसङ्ख्याका दृष्टिकोणले महत्वपूर्ण छ..
जनकपुरधाम, श्रावण ६ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली स्वाधीनताको रक्ष..
4 घन्टा पहिले
हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन
जनकपुर, साउन ५ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घ..
1 दिन पहिले
शिक्षा र स्वास्थ्यको ३ प्रतिशत करबाट पछि हट्यो सरकार
काठमाडौं, साउन ५ : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ। अर्थमन्त्री स्वर्ण..
1 दिन पहिले
साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्..
काठमाडौं, साउन ४ : साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ ..
2 दिन पहिले