Janakpurdham
Wed, Jul 22, 2026
`

मधेश राजनीतिक तथा जनसङ्ख्याका दृष्टिकोणले महत्वपूर्ण छ : संयोजक दहाल

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, श्रावण ६ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली स्वाधीनताको रक्षा तथा देशको हितका लागि मधेशमा कम्युनिष्ट पार्टी बलियो हुनुपर्ने धारणासहित पार्टी अगाडी बढेको बताउनुभएको छ ।

पार्टीको मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नेपालको राष्ट्रियताको रक्षा गर्नका लागि कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुको कुनै विकल्प नभएकोले कम्युनिष्टहरुबीच एकता प्रक्रिया अझै अघि बढिरहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले मधेश प्रदेश राजनीतिक तथा जनसङ्ख्याको दृष्टिकोणले महत्वपूर्ण भएकाले मधेशलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले शान्ति सम्झौतापछि १२ बुँदे समझदारी गरेका पक्षहरू एकताबद्ध भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

पार्टीका मधेश प्रदेश इन्चार्ज महेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–संयोजक माधव कुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका प्रसाद यादव सहभागी हुनुहुन्छ । प्रशिक्षणमा केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरु सहभागी रहनुभएको छ ।  


साभार ः रेडियो नेपाल

`
12 comments
गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समित..

काठमाडौं, श्रावण ६ गते । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक..

3 घन्टा पहिले

मधेश राजनीतिक तथा जनसङ्ख्याका दृष्टिकोणले महत्वपूर्ण छ..

जनकपुरधाम, श्रावण ६ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली स्वाधीनताको रक्ष..

3 घन्टा पहिले

हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

जनकपुर, साउन ५ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घ..

1 दिन पहिले

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

काठमाडौं, साउन ५ : निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत करबाट सरकार पछि हटेको छ। अर्थमन्त्री स्वर्ण..

1 दिन पहिले

साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्..

काठमाडौं, साउन ४ : साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ ..

2 दिन पहिले