कृषि तथा पशुपालनलाई व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुपर्ने
11 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिका उपमेयर किशोरी साहले ग्रमिणक्षेत्रका महिलालाई कृषि तथा पशुपालनको माध्यमवाट आत्मनिर्भर , व्यवसायमुखी तथा रोजगारमूलक वनाउनुपर्ने आवश्यक्ता रहको छ घन्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ स्थित कुर्थामा संचालित पाँचदिने कृषि तथा पशु व्यवस्थापन तालिमको समापनका अवसरमा आज आयोजित समारोहमा उहाँले सो कुरा वताउँनुभएको हो ।
उपमेयर साहले महिलाहरुले आफनो हक तथा अधिकारका लागि घरमामात्र वसेर हुदैन त्यसका लागि समयसापेक्ष शीप तथा तालिम लिएर आत्मर्निभर तथा व्यवसायी वन्नुपर्ने विचारव्यक्त गर्नुभयो ।
सरकारी तथा गेैरसरकारी लगायत विभिन्न क्षेत्रवाट महिलाहरुलाई दिइने रोजगारमूलक तथा व्यवसायमूलक तालिमलाई व्यवहारमा उर्तान सकेमात्र तालिमले सार्थक्ता पाउने उहाँको भनाई रहेको थियो ।
जिल्ला समन्वय समिति धनुषाका सदस्य तथा समाजसेवी महेन्द्र महतोले गुणस्तरीय मल तथा वीउको अभावले किसान पलायनको अवस्थामा पुगेको गुनासो व्यक्तगर्दे कृषिक्षेत्रको विकास तथा उत्पादकत्व वढाउनका लागि संघ ,प्रदेश र स्थानीय तहगरी तीनै तहको सरकारले गंभीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राजनारायण साहले आफनो वडाले महिलालाई आत्म निर्भर तथा व्यवसायमूखी वनाउनका लागि विभिन्न किसिमका तालिम दिदैआएको जानकारीदिदै तालिमलाई व्यवहारमा लागू गर्नुपर्ने विचारव्यक्त गर्नुभयो ।
तालिम आयोजक संस्था कृषि तथा पशु व्यवस्थापन तालिम उपभोक्ता समिति जनकपुरधाम कुर्थाका अध्यक्ष लिलमकुमारी साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गरीवसँग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अशोक दास तथा तालिमका प्रशिक्षकद्दय सत्यजीवन यादव तथा शिवराम रानले सो तालिमको उपयोगिता वोल्नुभएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका तथा गरीवसँग विशेश्वर कार्यक्रमको सहयोगमा सो तालिम पाँचदिन भएको समाजिक परिचालक दासले जानकारी दिनभयो । सो तालिममा २८ जना महिलाको सहभागिता थियो ।

नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
1 दिन पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
1 दिन पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले