मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमतिले पारित
11 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पेश गरेको बजेट सर्व सहमतिले पारित गरेको छ ।
मधेश प्रदेश सभाको बैठकलाई प्रतिपक्षी दलको बहिष्कारका बीचमा प्रदेश सभाको बैठकले विनियोजन विधेयक २०८२ सर्व सहमतिले पारित गरेको हो । अर्थमन्त्री सुनिलकुमार यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरेपछि ध्वनि मतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गर्नुभयो ।
मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ । बाँकी रहेका ६ दलहरू जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा रहेका छन् ।
अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते प्रदेश सभाको बैठकमा पेश गर्नुभएको ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बराबरको आय व्यय सहितको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । यस अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयका विषयमा उठेका जिज्ञासाका विषयमा मुख्यमन्त्री सतिश कुमार सिंह सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनु भएपछि बजेट निर्णयार्थ पेश गरेपछि विनियोजन विधेयक सर्व सहमतिले पारित भएको हो ।
यसै बीच मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मको लागि प्रदेश सभाको बैठक स्थगित भएको सूचना टाँस गरेको मधेश प्रदेश सभा सचिवालयले जनाएको छ ।
साभार : रेडियो नेपाल

नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
22 घन्टा पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
22 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले