जनकपुरधामको विकासमा सवेैले सहयोग गर्नुपर्ने नगरप्रमुख साह
10 महीना पहिले प्रकाशित
Esandhyakalin
चन्दन ठाकुर
जनकपुरधाम , ३ साउन । जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोजकुमार साहले ऐतिहासिक तथा धार्मिक हिसावले अत्यन्त महत्वपुर्ण रहेकोले जनकपुरको विकास निमार्णको कार्यमा समाजका हरेक वर्गले सहयोग गर्नुपर्ने विचारव्यक्त गर्नुभएको छ ।
जनकपुरधाम उपमहागनगरपालिकाको वडा नं २१ स्थित कुर्थामा पककीढलान सडकको उद्घाटन पश्चात आयोजित समारोहलाई सम्वोधन गर्दे विश्वमै धार्मिक पर्यटनका लागि महत्वपुर्ण रहेको जनकपुरको विकास आवश्यक रहेको वताउँनुभयो ।
आन्तरिक तथा वाहिरी पर्यटनको मार्फत जनकपुरमा व्यवसाय तथा रोजगारी वढाउनका लागि जनकपुरलाई स्वच्छ , सफा तथा भौतिकपूर्वाधार सहित सडकको निमार्णमा आफूले विशेष जोडदिएको उल्लेखगर्दे जनकपुरधाम उपहानगरपालिकाको उदेश्य तथा लक्ष्य तथा विकासको कार्यमा राजनीति भन्दामा माथि उठेर सहयोगगर्न विचार व्यक्त गर्नुभयो ।
उपमहानगरपालिको एक्लो प्रयासले जनकपुरको विकास सम्भव नभएकोले सवैको सहयोग तथा सल्लाह आवश्यक रहेको उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति धनुषका सदस्य तथा समाज सेवी महेन्द्र महतोले समाजको विकासमा कुन ैभेदभाव नराखी स्वच्छ भावनाले सवैले सहयोग गर्नुपर्ने विचार व्यक्तगर्दे कुर्थाको विकास लगायत अन्य कार्यमा यहाँको २१ नं वडाले गरेको कार्य महत्वपूर्ण रहेको वताउँनुभयो ।
जनकपुर उपहानगरपालिका वडा नं २१का वडा अध्यक्ष राजनारायण साह (राजु)ले आफूले वडाको विकास निमार्णका साथै महिला तथा वालवालिकलाई आत्मनिर्भर वनाउन विभिन्न किसिमका शीपमूलक तालिम तथा जनचेतना अभियान तथा कृषि पेशालाई व्यवसायिक वनाउनमा पनि जोडदिएको उल्लेख गर्नुभयो ।
सोही अवसरमा वडा सदस्य आशाराम पाशवान र सृजना पंडीत वडाका जनताको समस्यावारे वोल्नु भएको थियो । सो समारोहमा वडा नं २१ मा विकास निमार्णका साथै समाजमा उल्लेखनीय कार्यगर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
यसरी सम्मान गरिएकाहरुमा स्निेहीप्रसाद निराला , नावेन्द्र झा , लिलेश साह , चन्द्रेश्वर साह , मो.नुरमोहम्मद अली , शेषर महासेठ , श्रीदेव मंडल , वनवाली मंडल , चन्देश्वर मंडल ,शंकरदास , रामएकवाल दास ,मुकेश पंण्डित, तथा महेन्द्र महतो रहेका छन् । उनीहरुलाई प्रशंसापत्रवाट सम्मान गरिएको थियो ।

नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
22 घन्टा पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
22 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले