Janakpurdham
Sat, May 30, 2026
`

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अङ्क प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताउनुभएको छ ।

उहाँले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्ने गरी प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत स्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिमको आज यहाँ शुभारम्भ गर्दै उहाँले तालिमबाट कार्यक्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री न्यौपानेले सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा ल्याउन नसक्ने बताउँदै सम्भव भएसम्म सेवा समूहअनुसार विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्ने बताउनुभयो । “तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारीबोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्छ । त्यसैले सबै समूहका जनशक्तिलाई एउटै खालको तालिम दिएर हुँदैन । सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खाल ज्ञान हासिल गर्न सोहीअनुसार तालिम प्रणालीको विकास आवश्यक छ”, उहाँले भन्नुभयो । 

मन्त्री न्यौपानेले यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनः स्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यान्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पुर्‍याउने धारणा राख्नुभयो । 

कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी गराइएको थियो । 

साभार : रेडियो नेपाल

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

19 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

19 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले