जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक सम्पन्न, कार्यसमिति विस्तारको घोषणा
9 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. राजीव झा प्रमुख अतिथि रहनु भएको थियो भने, केन्द्रिय सचिव संजय चौधरी र अनुशासन समितिका अध्यक्ष संजय सिंह विशेष अतिथि रहेका थिए।
बैठकले आगामी भदौ १३ गते (शुक्रबार) दिउँसो १ बजे जनकपुरधामस्थित रौनियार धर्मशालामा जिल्ला कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ। यस अवसरमा पार्टीसँग सम्बन्धित व्यक्तिहरू तथा सक्रियतापूर्वक काम गर्ने इच्छुक साथीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
त्यसैगरी, बैठकले भदौ २० गते हुने संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रमलाई समर्थन गर्ने निर्णय गर्दै, धनुषा जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।
बैठकमा पार्टीको मूल धारणा बहुल राष्ट्रिय राज्य र स्वदेशवादलाई पुनः दोहोर्याइएको छ। पार्टीका अनुसार बहुल राष्ट्रिय राज्यले नेपालभित्रका भाषा, संस्कृति, जातीयता र पहिचानलाई समान हैसियतमा स्वीकार गर्दै सबै समुदायलाई समान अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नेछ।
त्यस्तै, स्वदेशवादलाई पार्टीले आफ्नो मूल विचारका रूपमा अगाडि सारेको छ। पार्टीका अनुसार स्वदेशवादले देशको भूमि, सीप, स्रोत र श्रमलाई आत्मनिर्भर विकासको आधार बनाउँदै आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा स्वाभिमानी राष्ट्र निर्माण गर्ने मार्ग देखाउँछ।
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट
काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..
18 घन्टा पहिले
निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..
18 घन्टा पहिले
मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै
काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..
2 दिन पहिले
कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..
2 दिन पहिले
राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..
काठमाडौँ , जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..
3 दिन पहिले