Janakpurdham
Sat, May 30, 2026
`

रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ। 

शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुरयाइएको थियो। 

उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी ले जानकारी दिएको छ। उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए।

माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो। 

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तत्काल स्थानीय अस्पतालमा लगेपनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो। सो भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन्। 

केही दिनअघि गौरको मुडलवा गेट नजिक सुटकेशभित्र रुबीको शव भेटिएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

काठमाडौं, जेठ १५ : सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ। यस्तै नागरिक एपम..

18 घन्टा पहिले

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

काठमाडौं, जेठ १५ : सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्म..

18 घन्टा पहिले

मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

काठमाडौं, जेठ १४ : मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) मनाउँदै छ । आज मुस्लिम धर्मावलम्बीको पर्व देशभर..

2 दिन पहिले

कांग्रेसले भन्यो– मानव अधिकार आयोगको प्रतिवेदनले कार्क..

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनस..

2 दिन पहिले

राष्ट्रको पक्षमा सबै एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्व र..

काठमाडौँ , जेठ १३ गते ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको पक्षम..

3 दिन पहिले